काठमाडौं । नेपाल बिस्वासकाे समाजकाे आयाेजना तथा बजेन्द्रसिंह मिनिस्ट्रिज नेपाल साखाकाे प्रायाेजनमा भारति प्राेफेट बजेन्द्र सिंह मिनिस्ट्रिजकाे जागृति तथा चङ्गाई कार्यक्रम हुने भएकाे छ।
नेपाल बिस्वासकाे समाजद्वारा ललितपुरकाे एक पार्टी प्यालेसमा आयाेजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रेभ. पास्टर प्रेम कार्कीले जानकारी दिए।
पहिलाे चरणमा प्राेफेट बजेन्द्र सिंह मिनिस्ट्रिजका तर्फबाट केही पास्टरहरु आउने र उनिहरुकै उपस्थितिमा आगामि असाेज १ र २ गत्ते ललितपुरकाे गाेदावरि स्थित सनराईज सभाहलमा कार्यक्रम हुने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ। भने केही महिन भित्रै प्राेफेट बजेन्द्र सिंह स्वयं नेपाल र नेपालीहरका निम्ति जागृति र चङ्गाईकाे प्रार्थनाकाे गर्न नेपाल आउने समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ।
साे जागृति तथा चङ्गाई कार्यक्रममा सहभागि हुन उपत्यका बाहिरबाट आउनेहरुकाे लागि बन्दाेबस्तिका सामानहरु आफैले तर्जुमा गर्नुपर्ने तर , सम्पूर्ण उपस्थितहरुका लागि खानाकाे ब्यबस्था प्रायाेजकद्वारा गरिने समेत जानकारि गराइएकाे छ।
कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष रेभ.पास्टर: प्रेम बहादुर कार्की , उक्त कार्यक्रमका संयाेजक डा.रेभ: ऋषि रिमाल, प्राेफेट बजेन्द्रसिंह मिनिस्ट्रिज नेपालका प्रमुख सुजन उपरकाेटी लगाएतकाे उपस्थिति थियाे भने, पत्रकार दिनेश श्रेष्ठ, सुमन श्रेष्ठ , थाेमस बाेगटि,रामहरि थापा ( बिश्वास) लगाएतका ख्रीष्टियन समुदायका पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे।
