Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राससले चौबिसै आजबाट घण्टा नेपाली समाचारको सेवा परीक्षण सुरु गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2024
रासस आध्यक्ष धर्मेन्द्र झा
[webverse_shares]

काठमाडौँ  । सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस पुरिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।

जनताको करबाट सञ्चालित देशको एक मात्र समाचार समिति रासस आफ्नो स्थापनाको समयदेखि नै देश तथा जनताको सुसूचित हुने आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै आफ्ना सेवाहरु प्रकाशन÷प्रशारण गर्दै आइरहेको छ । देशको ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रूपमा  राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने  प्रयत्न निरन्तर गर्दै आइरहेको छ । नेपाली, अङ्गग्रेजी र अन्तराष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले आफ्ना सेवालाई विविधिकृत गर्दै तस्वीर, श्रव्य, श्रव्य–दृश्य, विचार तथा आलेख सेवा प्रवाह गरिरहेको छ । यस्तै राससले नेपालको संविधान २०७२ को मर्मअनुसार संघीयता र समावेशी अवधारणालाई आत्मसात गर्दै गत वर्षदेखि अवधी भषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न, आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न र अन्तर्राष्ट्रिय समाचार सेवाहरूको हाराहारीमा आफूलाई उभ्याउन राससले आजदेखि परीक्षणका रूपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गर्ने जमर्को गरेको छ । हाल राससले आफ्नो सेवा १७ घण्टा उपलब्ध गराउँदै आएको थियो । लोकतन्त्रको सम्बद्र्धन र सुदृढीकरणका लागि सही सूचनाको निरन्तर सम्प्रेषण र उपलब्धता आवश्यक पर्ने कुरातर्फ सचेत रहँदै राष्ट्र र जनताप्रतिको दायित्व निर्वाह गर्न हामी निरन्तर क्रियाशील छौं । हाम्रो यो पछिल्लो प्रयत्न पनि त्यसैको उदाहरण हो भन्दा अन्यथा हुने छैन ।

निश्चित समयमा निश्चित समाचार सेवा उपलब्ध गराउँदै अघि बढेको राससले बदलिँदो समयअनुसार आफूलाई परिष्कृत गर्दै लगेको छ । पछिल्लो समयमा देशमा आएको राजनीतिक परिवर्तन र त्यसले समेटेको बृहत् क्षेत्रबारे सूचना र समाचार सेवा विस्तार गर्ने राससको लक्ष्य हो । देश संघीयतामा गएसँगै समानुपातिक समावेशीताको सिद्धान्तअनुसार हरेक क्षेत्र, भूगोल, धर्म, सम्प्रदाय र भाषाभाषीका सूचना र समाचार सम्प्रेषण गर्न रासस प्रतिबद्ध छ । पछिल्लो समय प्रविधि विशेषतः डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन । सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होउन् या त सूचना प्राप्त गर्ने नागरिक, आज कुनै भूगोल वा क्षेत्रमा मात्र सीमित छैनन् । प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ वा भइसकेको छ ।

आज समाचारका पाठक/दर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् ।  सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो हेर्न र पढ्न रुचाउँछन् । अति व्यस्त दैनिकीका कारण आमपाठक/दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको छ । यही आवश्यकता र समयको मागअनुसार राससले आजदेखि परीक्षणका रूपमा चौबिसै घण्टा नेपाली समाचार सेवा सुरु गर्दैछ ।

राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास हामीले लिएका छौँ । सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्ड–सेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने हाम्रो विश्वास छ । परीक्षण अवधिमा सञ्चारमाध्यम र आमपाठकबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ । प्राप्त सुझावका आधारमा सेवालाई थप परिष्कृत गर्दै अझ चुस्त र प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ । अन्त्यमा यो सेवा सञ्चालनका लागि सरकारको मार्गदर्शन र राससका सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved