सम्साद अन्सारी, बारा। बारा जिल्ला बहाेद्रामाई नगरपालिका – २ का अस्लम देवानका १४ बर्षका समीर देवानकाे स्थानिय भर्वन खाेलामा पाैडि खेल्ने क्रममा डुबेर मृत्युु भएकाे छ।
श्राेतका अनुसार घरबाट १० मिनेटकाे दुरिमा रहेकाे उक्त खाेलामा डुबेर मृत्यु भएकाे ३५ घण्टा सम्मकाे निरन्तर खाेजि पछि मृतक समिरकाे लास फेलापार्न सफल प्रहरी भएकाे जनाईएकाे छ।
अस्लमका पाँच सन्तान मध्य अन्तिम सन्तानका रुपमा जन्मिएका देवान घर भरिकै एकलाे छाेरा हुन्। साधारण खेति किसानि गरेर जिविकाेपार्जन गर्ने अस्लम देवानका अन्य तीन छाेरिहरु रहेकाे छ।
