झापा । झापाको कमल गाउँपालिकाको एक घरबाट प्रहरिले प्रतिबन्धित लागुऔषध सहित एक कारोबारिलाइ आज आइतबार पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरि कार्यालय गौरादह र प्रहरी चौकि महारानीझोडाको संयुक्त टोलिले झापाको कमल गाउँपालिका वडा न ७ खरेल चोक स्थित एक घर खानतलासीका क्रममा लागूऔषध बरामद गरेको हो ।
ईलाका प्रहरि कार्यालय गौरादहका प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी र महारानीझोडा प्रहरि चौकिका प्रहरि सहायक निरीक्षक बुद्धराज भट्टराईको कमान्डमा गएको संयुक्त टोलिले उक्त घरबाट २सय २५ पत्ता एक्टिरफ र ७० पत्ता ट्रामाडोल सहित स्थानिय १९ बर्षिय मिलन बस्याल लाई पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय झापाले जानकारी दिएको छ ।
आइतबार साँझ करिब ५ बजेको समयमा बस्याललाई प्रतिबन्धित लागूऔषध सहित पक्राउगरि हाल निजलाइ ईलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागिराखिएको प्रहरीले जनाएको छ ।
