Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘म ज्ञानेद्र शाही हो, मलाई कसले के गर्छ भन्दै हातपात गरे’ : स्थानीयबासी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
6.2K

आफूहरु राहत बाँडेर फर्कंदै गर्दा हातपात भएको बताइए तापनि शाही समूहले स्थानीय कसैलाई पनि राहत सामाग्री उपलब्ध नगराएको गाउँलेहरुले बताएका छन् । मध्यरात मद्यपान गरेर होहल्ला गर्दै आएको समूहमध्येका मोटरसाइकलमा सवार दुई जनाले गिरीमाथि ढुङ्गा प्रहार गरेको र पछाडि गाडीमा रहेकाहरुले पनि उनलाई कुटपिट गरेको स्थानीयको आरोप छ ।

‘म ज्ञानेन्द्र शाही हुँ, मलाई कसले के गर्छ ?’ भन्दै हातपात गरेपछि स्थानीयले प्रतिकार गरेको बताइएको छ । पहिला स्थानीयले गरेको सोधपुछमा उनीहरुले राहत बाँडेर आएको भने पनि लगत्तै अक्सिजन पुर्याउन आएको बताएका थिए । मोटरसाइकल तथा गाडीमा रहेका सबैले मदिरा सेवन गरेको बताउँदै उनीहरुसँग रहेका महिलाले समेत मदिरा सेवन गरेको गाउँलेको आरोप छ ।

निषेधाज्ञा र महामारीमा मापसे गरेर हिँडेका उनीहरुलाई प्रहरीले मापसे चेक नगरी राती नै छाडिदिएपछि घटनाले उग्र रुप लिन खोजेको हो ।

घटनाबारे सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भिन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार मोटरसाइकलमा आएकामध्ये पछाडि बस्नेले हेल्मेट समातेको तर,चालकले हेल्मेट नलगाएकाले पछाडि बस्नेले स्थानीय गिरीमाथि हेल्मेटले आक्रमण गरेको बुझिएको छ ।

घटनाबारे आफूलाई धेरै जानकारी नरहेको बताउँदै प्रजिअ रिजालले शाही समूहलाई प्रहरीले पक्राउ नगरेको जानकारी दिनुभयो ।

निषेधाज्ञामा राहत बाँड्न भनेर सुर्खेत पुगेका उनीहरुले हिजोदेखि सडकका खाल्डाखुल्डी पुरेको र सफा गरेको दृश्यको फेसबुक लाइभ गरिरहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले बताउनुभएको छ ।

रिजालले शाही समूहले प्रहरीको समेत खेदो खनेको बताउँदै कानुन हातमा लिने अधिकार कसैसँग पनि नरहेको बताउनुभयो । उता,स्थानीयले भने ज्ञानेन्द्र शाहीको टोली एउटा गाडीमा सुर्खेतको गर्गरे भन्ने ठाउँमा परिचय नखुलेका सुवेदी भन्ने व्यक्ति को घरमा गएर ‘फाइटर भाले’ काटी स्याउको जस्तो बास्ना आउने रातो रंगको झोल सेवन गरेको बताएका छन् ।

उनीहरु भन्छन् ‘बोतलको मार्फा हुनुपर्छ ।’ उनीहरुले ‘मजदुर,गरिबको मापसे चेक हुने तर गाडीमा चढ्नेको नहुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् ।

अहिले प्रहरी कार्यालयअघि धर्नामा बसेका स्थानीयले ‘पहुँच पुगेकाले जे गरे पनि हुने ? मापसे चेक गर्नु आवश्यक थिएन ?’ भन्दै प्रश्न गरिरहेका छन् । उनीहरुले ‘मजदुर,गरिबको मापसे चेक हुने तर गाडीमा चढ्नेको नहुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved