By Dikendra
झापा । कमल गाउँ पालिका नारी ईसाई समाजको ५ ओैं अधिवेशन तथा ११ औं वार्षिक साधरण सभा हालै सम्पन्न भएको छ। भदौ ३ गते सोमबारका दिन कमल गाउँपालिका ईसाई समाजका अध्यक्ष रेभ.जोन मुर्मुको प्रमुख आतिथ्यमा ज्योती चर्च केर्खामा भव्य र सभ्य रूपले अधिवेशन भएको छ।
उक्त अधिवेशन नेपाली राष्ट्रिय गान र प्रमुख अतिथि रेभ जोन मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज र जिल्ला महिला समाज, छिमेकी इलाका ईसाई समाज र स्थानीय इलाका समाज गरी करिब २०० जनाको उपस्थिति रहेको थियो। २०७० सालमा स्थापना भएको कमल गाउँपालिका नारी ईसाई समाजको गठन र औचित्य अनि स्थापना काल देखिका कार्य समितिदेखि लिएर वर्तमान कार्यसमिति को को थिए, कति वर्ष कार्यकाल थियो यस्तै वर्तमान समितिले आफ्नो कार्यकालमा गरेका कार्यको गति पावर पोइन्टबाट समाजका सल्लाहकार सदस्य अनुग्रह तामाङले प्रस्तुत गरेका थिए भने कार्य प्रतिवेदन समाजका कोषाध्यक्ष मिश्र लोहारले गर्नु भयो ।
कार्यक्रमका प्रमख वक्ता दमक गुड न्युज चर्चकि पास्टर पारु खापुङ राईले उत्पत्ति २:१५ “परमेश्वरले हामीलाई दिनु भएको जिम्मेवारीलाई असल प्रकारले बहन गर्नु र आउने पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनु भयो।”
त्यस्तै विशिष्ट अतिथि झापा जिल्ला नारी ईसाई समाजकि अध्यक्ष ममता रेग्मी, झापा जिल्ला अध्यक्ष पास्टर अमरदिप आले मगर,पूर्व नारी अध्यक्ष गौरी चेम्जोङ राई, समाजका सहसचिव पास्टर दीपक राईले मन्तब्य राख्नु भएको थियो।
अध्यक्ष वसन्त राईले आफ्नो कार्यकाल आशिषमय रहेको र प्रत्यक्ष्य अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुनेलाई धन्यबाद दिँदै, आफू नेतृत्वको कार्य समितिको विघठन गरेका थिए।
विघटन पश्चात अधिवेशनका लागि कमल गाउँ पालिका ईसाई समाजका अध्यक्ष रेभ जोन मुर्मुको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन मण्डल सदस्यहरुमा रेभ.पास्टर भिक्टोर सुनुवार र अनुग्रह तामाङ रहनु भएको थियो।उक्त निर्वाचन मण्डलले सर्वसहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो।
नयाँ कार्यसमिति पाडाजुङ्गी ज्योती चर्चका सुनवरी राईको अध्यक्षतामा छ सदस्य कार्य समिति चयन गरिएको छ। उपाध्यक्ष रम्फावती राजवंशी, सचिव सृजना घिमिरे, कोषध्यक्ष मलिता राई, सहसचिव बबिता राई तथा सदस्यमा तारा राई रहनु भएको छ।
स्थानीय युवाहरुले गीतसंगीतद्वारा अघि बढाएको कार्यक्रमको सञ्चालन समाजका सहसचिव भावना लिम्बुले गर्नु भएको थियो भने आशिषको प्रार्थना जिल्ला समाजका अध्यक्ष रेभ अमरदीप आले मगरको प्रार्थना द्वारा सम्पन्न भएको जानकारी सचिव दीपा राईले बताउनु भयो।

