Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पचास हजार धराैटिमा छुटे दिक्तेल रुपाकाेट मझुवागढी नगरका उपप्रमुख राइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2024
54 shares

खाेटाङ। दुई नगरपालिका र आठ गाउँ पालिका रहेकाे खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई बिरुद्धको अपांगता भएकाहरुलाई सार्वजनिक कार्यक्रममा मानमर्दन गरेको भनि दिइएको जाहेरी उपर उपमेयर राईले अदालतमा हाजिर भई ५० हजार धरौटी तिरी तारेखमा छुटेकाछन् ।

कोशी प्रदेश सरकार, दिक्तेल नगरपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङग महासंघको सहकार्यमा सञ्चालित ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’ अन्तर्गत जेठ ६ गते नगरको सभाहलमा भएको समिक्षा कार्यक्रममा उपमेयर राईले अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को दफा ५३ बमोजिम कसूर गरी अन्याय गरेको भन्दै हदैसम्मको सजाय गरी उचित क्षतिपुर्ति दिलाउन जाहेरी दर्ता भएपछी उपमेयर राई अदालतमा हाजिर भई तारिखमा छुटेका हुन् ।

उपमेयर राईले सार्वजनिक कार्यक्रममा अपाङगता भएका व्यक्ति लक्षित गरी अपाङगता भएका व्यक्तिहरु राज्यको लागि बोझ भएको, यिनीहरुलाई नियन्त्रण र निर्मुल नपारी राज्यको विकास हुन नसक्ने भनि अपाङगहरु उपर सार्वजनिक रुपमा घृणा फैलाउने, हेला, अपमान गर्ने, तिरस्कार र दुव्र्यवहार गरी अपाङग भएका व्यक्तिहरु उपर उपहास र तिरस्कार गरी आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारलाई निरर्थक बनाई सामाजिक रुपमा तिरस्कार र घृणा फैलाउने कार्य गरेको जाहेरीमा उल्लेख गर्दै अपाङ सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटुवालले अन्तिम हद म्यादको अघिल्लो दिन बुधबार ‘अपाङगता भएका व्यक्ति विरुद्धको कसूरमा सरकारी वकिलमार्फत प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

अपाङग भएका व्यक्तिहरुकोे अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ४२ ले अपाङगता भएका व्यक्तिको हकहित संरक्षण सम्बन्धि विषयमा समन्वय गर्ने कामको लागि नगरपालिकाको समन्वय समिति संयोजक समेत कानूनी रुपमा उपमेयरलाई तोकेको अवस्थामा उपमेयर राईले तोकेको काम कर्तव्य र अधिकारको काम गर्नुपर्नेमा सार्वजनिक पदको समेत दुरुपयोग गरी अपाङगता भएका व्यक्तिहरु उपर इङकित गर्दै सार्वजनिक कार्यक्रममा जानीजानी घृणा, हेला र तिरस्कार गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिंदै हिडेको जाहेरीमा उल्लेख छ ।

उपमेयर राईले दिएको अभिव्यक्तिको भिडियो र अडियो जोहरीसँगै पेन ड्राइभमा पेश गरिएको र २०८१ बैशाख १३ गतेदेखि जेठ ६ गतेसम्म नगरपालिकाले संचालन गरेको ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’मा सहभागी पाँच जनालाई बुझ्न जाहेरीमा भनिएको छ ।

आफूले बोलेको विषयलाई अडियोमा कटिङ गरेर गलत देखाउने कोशिष गरेकोप्रति ध्यानाकर्षण भएको र आपत्ति रहेको उपमेयर राईको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved