Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनमोहन अस्पतालको हेलचक्राईले युवतीको मृत्यु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
5.2K

काठमाडौं। मनमोहन मेमोरियल अस्पताल स्यम्भुमा उपचारका क्रममा शनिबार एक युवतीको मृत्यु भएको छ। धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो।

अस्पतालको हेलचक्राईले मृत्यु भएको भन्दै आइतबार बिहानैदेखि आफन्तहरु आन्दोलित बनेका छन्। आफन्तहरुले उपचारमा संलग्न डाक्टरहरुको गल्तिका कारण सामान्य विरामीको मृत्यु भएको भन्दै आक्रोस ब्यक्त गरेका छन्। सत्य तथ्य जानकारी र न्याय नपाएसम्म मृतकको शव नबुझ्ने उनीहरुको भनाइ छ।

बिरामीको हेरचाहमा रहेकी मृतककी साथीको अनुसार पत्थरीको अप्रेसनको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी अप्रेसन सकिएपछि सामान्य अवस्थामा फर्किएकी थिइन। अप्रेसन सफल भएको केही समयपछि नै उनी होसमा आएकी थिइन्। त्यसपछि बिहीबारदेखि सामान्य बोलीचालीको अवस्थामा फर्किएको साथीले बताइन्।

घटनाबारे साथीले भनिन्, ‘अप्रेसनको केही समय पछि साथीको होस आएको थियो। त्यसपछि उ हामीसँग मज्जाले हास्ने, बोल्ने र खाना खाइरहेकी थिइ। तर, अप्रेसनको तेस्रो दिन हिजो (शनिबार) बिहान उसलाई अचानक बान्ता भयो। त्यसपश्चात डाक्टरलाई खबर गर्यौँ। र, फेरि अप्रेसन गर्न लगियो।’

‘बान्ता हुनु भन्दा पहिले ठिकठाक थिइ उ। हामीले सामान्य केही खानपिनका कारण समस्या भएको होला सोच्यौँ। तर, त्यसपछि हामीले देख्न पनि पायनौँ। बोल्न पनि पाएनौ,’ भावुक हुँदै उनले हिजै (शनिबार) बेलुका डाक्टरले सिधै ‘सि इज नो मोर’ भनेर जानकारी दिएको बताइन्।

बिरामीका आफन्तहरुले डाक्टरहरुले पहिलो अप्रेसनमा नै हेलक्राई गरेको आरोप लगाएका छन्। उनीहरुले मृत्यु हुने अवस्था भए पहिलेकै अप्रेसनमा मृत्यु हुनुपर्ने बताएका छन्। उपचारमा संलग्न डाक्टरहरुले गल्तिीगरेर दोस्रो अप्रेसन गर्नु परेको र सोही कारण आफन्तको मृत्यु भएको उनीहरुले बताएका छन्।

मृतकको शरिरमा पोष्टमार्टम भन्दा पनि बढी खोतलखातल गरिएको उनीहरुको भनाए छ।

२१ वर्षीया कलिलो उमेरकी मृतक तुलाधर साउथ वेस्र्टन कलेजमा स्नातक पहिलो वर्ष (ब्याचलर फ्रस्ट ईयर) अध्यनरत थिइन्। उनको घरमा दुई जना आमा छोरी मात्रै छन्। त्यो पनि आमा उमेरले बुढो र सुस्त मनस्थितिकी छिन्। उनले काम गर्दै, पढ्दै आफ्नो र आमाको जिवीकोपार्जन गर्दै आएकी थिइन्।

हुर्काइ बढाइ गरेकी तन्नेरी छोरीको निधनले आमा मानसिक रुपमा निकै विक्षिप्त भएकी छन्। रेखदेख गर्ने सहाराको निधन भएपछि आमा बेसहरा बनेकी छन।

अस्पतालले मृतकमा जन्मजात समस्या रहेकोले उपचार गर्दा गर्दै मृत्यु भएको प्रतिक्रिया दिएको छ। सर्जरी विभागका प्रमुख डा. का अनुसार मृतकमा जन्मजात समस्या थियो। ‘हेमोलाइटिक जन्डिस’ पित्त थैली सुन्निएका कारण उनको मृत्यु भएको उनले बताए।

उपचार सुरु गर्दा देखि नै विज्ञ डाक्टरहरुको सल्लाहा अनुसार नै आफूहरुले अप्रेसन गरेको उपचारमा संलग्न डाक्टरले बताए। उनले भने, ‘कुनै पनि डाक्टरले बिरामीको दुखद अवस्था होस भन्ने चाहाँदैन। हामीले सबै डाक्टरहरुको सल्लाहा अनुसार नै अप्रेसन गर्यौँ। अप्रेसनको तेस्रो दिन फेरी इन्फेक्सनको समस्या देखियो। सोही कारण हामीले पुनः अप्रेसन गरेका हौँ। त्यो बाध्यात्मक अवस्था थियो। फेरी समस्या देखिनुको कारण पत्ता लगाएर उपचार गर्न हामीले दोस्रा अप्रेसन गर्यौँ।’

उनीसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले उपचार गर्दा गर्दा पनि कन्ट्रोल हुन नसकेर मृत्यु भएको डाक्टरको भनाइ छ। मृतक यो भन्दा पहिले पनि ह्याम्स र ग्रान्डीमा उपचार गराइसकेको र बिरामी नाजुक अवस्थामा अस्पताल पुगेको पनि ती डाक्टरले बताए।

प्रर्दशन चर्किँदै गएपछि आइतबार बिहानै अस्पताल प्रशासन र आफन्तहरुबीच छलफल भएको थियो। कुरा मिल्न नसक्दा अस्पतालमा आफन्तहरुको संखया बढ्दै गएको छ। उनीहरुले अस्पतालको हेलचक्राईँका कारण यो घटना भएकोले अरुको यस्तो अवस्था हुनेमा सबै सचेत र खबरदारी गर्न आवश्यक रहेको बताएका छन्। घटनाको सत्य तथ्य बाहिर नआएसम्म आफूहरु शव नबुझ्ने उनीहरुले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved