Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज मधेसीमा राखी,नेवारीमा गुँन्पुन्ही र तागाधारीमा जनैपुर्णिमा पर्व मनाइदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 19, 2024
[webverse_shares]

काठमाडौ । श्रावण शुक्ल पुर्णिमाको अवसरमा आज (सोमवार) काठमाण्डौं उपत्यकालगायतका नेवार समूदायले गुँन्पुन्ही, तागाधारी पहाडी समुदायले रक्षाबन्धन, जनैपुर्णिमा तथा ऋषितर्पणी र मधेसी समुदायले राखी पर्व धुमधामले मनाउँदैछन ।

आज तागाधारीले एकाबिहानै नजिकको नदि, तलाउ, कुवा, पोखरी, कुण्डमा स्नानगरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) लगाईन्छ । वैदिक परम्पराअनुसार तागाधारीले लगाउने जनैलाई ब्रम्हसुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ ।

जनैमा दुई शिखा हुन्छ जसमध्ये एउटा शिखाका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर र अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानको रुपमा लिईन्छ । जनै लगाउनेले माछा, मासु, मदिरा सेवन गर्न नहुने विधान रहेको छ ।

यसै दिन शरीर शुद्ध गरी देवता, अरुन्धतीसहित सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्र र पितृलाई पनि तर्पण गरिने भएकाले नै जनैपुर्णिमाको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको हो ।

यसदिन गुरु पुरोहितको हातबाट मन्त्रोच्चारणगरी तयार गरेको रक्षासुत्र डोरो बाँध्ने प्रचलन पनि रहेको छ । गुरु पुरोहितहरूले मानव रक्षाका लागि जप, तप र पूजा गरी तयार गरेको डोरो ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ मन्त्रोच्चारणका साथ यजमानहरुको हातको नाडीमा बाँधिदिने गर्दछ । यसरी डोरो बाँध्ने प्रचलनले आजको दिनलाई रक्षाबन्धन पनि भनिन्छ ।

नेवार समुदायले भने पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्व सहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ। विषेशत क्षेत्री बाहुनहरुले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भएपनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बली राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरि महिलाको बाँया र पुरुषको दायाँ हातमा डोरो बाध्ने गरिन्छ ।
यसै दिन कम्तीमा नौ प्रकारका विभिन्न गेडागुडीहरुको मिश्रण क्वाँटी खाने प्रचलन समेत रहेको छ । विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खानाले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दुषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।

नेवार समुदायको गुँन्पुन्ही :
श्रावण शुक्ल पुर्णिमालाई नेवार समुदायले भने गुँन्पुन्ही पर्वको रुपमा मनाईन्छ । नेपाल सम्वतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौं महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुँन्पुन्ही रहन गएको र नवौं महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।
यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ ।

रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षातको मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पुर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

‘खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन यसको एउटा उदाहरण श्रावण शुक्ल पुर्णिमामा क्वाँटी खाने प्रचलन हो,’ उहाँले भन्नुभयो ।

भ्यागुताको पुजा :
आजै नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरु प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन ।
वर्षा गराउने दुत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उव्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमिको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारी लगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पुजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा. डा. श्रेष्ठ बताउ“छन । जसलाई स्थानिय भाषामा व्या“चा जाः नक वानेगु भनिन्छ ।

‘मानिसको महान गुरुहरु मध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पुजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो,’ उहाँले भन्नुभयो ।

भक्तपुरका विभिन्न कुण्डमा मेला :
जनैपुर्णिमाको अवसरमा भक्तपुरका विभिन्न गुण्डहरुमा मेला लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचिन धल्चा पुखुः(कालदह)मा बिहानैदेखी स्नान गर्ने भक्तजनहरुको घुईंचो लागेको हो ।

गोसाईंकुण्डको प्रतिक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरुको विशेष मेला लाग्दछ । आजको दिन परम्परागत भेषभुषा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन । जनैपुर्णिमाको दिन कुण्डहरुमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

लोककथन अनुसार महादेवले कालकुट विष सेवन गरेपछि छटपटिएर गोसाईंकुण्ड जानेक्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासको आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गोसाईंकुण्ड जान नसक्ने भक्तजनहरुले यो कुण्डमा स्नान गरे गोसाईंकुण्डमा स्नान गरे सरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।’

त्यसैगरी गोसाईकुण्डकै प्रतिक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि स्नान गर्नेको भिड लागेको छ । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाईंकुण्ड गए सरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाईन्छ ।

आजको दिन कालदहमा स्नान गरी महादेवको पुजाअर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता समेत रहेको छ । कालदहमा स्नानपछि भक्तजनहरु जनै फेर्ने र रक्षा बन्धनको प्रतिक हातमा डोरो बाँध्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved