Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दीपक मनाङे मन्त्री बनेकोमा पुर्वाग्रह नराखौ – डा:बाबुराम भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
2.8K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय दीपक मनाङे (राजीव) सँग आफ्नो भेटघाट भएको स्वीकार्दै उनी मन्त्री बनेकोमा पूर्वाग्रह राख्न आवश्यक नभएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने बताएका छन् । राजीव गुरूङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र भट्टराईसँग पनि भेटेपछि विभिन्न टीका टिप्पणी भएको बताउँदै उनले यसलाई अन्यथा मान्न नहुने धारणा राखेका छन् ।

उनले आज (आइतबार) फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बञ्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’

मान्छे जन्मजात अपराधी नहुने र समाज, राज्यले मान्छेलाई अपराधी बनाउने भट्टराईको तर्क छ । उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ–कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज–राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय, जातीय, लैंगिक विभेद भएको समाजमा राज्य–समाजको वर्चस्वशाली तप्काले उत्पीडित–बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाई दिन सक्छ । अतः अपराध–अपराधी एक सापेक्ष अवधारणा हो ।’

उनले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको स्मरण गरेका छन् छन् ।

भट्टराईले भनेका छन्, ‘मैले २०५९–०६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेल–बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन ।’

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए । मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहीन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो । उनै मनाङेको साथ पाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पोखरेलले उनलाई शनिबारै विना विभागीय मन्त्री बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved