नेपाल ईसाई संघकी केन्द्रीय अध्यक्ष, भरतपुर महानगरपालिकाकी निवर्तमान उपमेयर तथा नेपाली कांग्रेस पार्टी महासमिति सदस्य सशक्त उर्जावान नेत्री पार्वती शाहसँग समसामयिक देशको वर्तमान बदलिदो राजनीति अवस्था र नेपाली ईसाई समुदायको हक हित एंव अधिकारहरुका बारेमा सुचना चौतारी झापा जिल्ला संवाददाता डिकेन्द्र बस्नेत ज्युले गर्नुभएको अन्तर्वार्ताको केही अंश।
१) नमस्कार,यहाँलाई सुचना चौतारी न्युज पोर्टल मा स्वागत छ, संन्चै हुनुहुन्छ?
• संन्चै छु, हजुरलाई धन्यवाद।
२) आजको छोटो भलाकुसारीलाई तपाईंको पृस्ठभुमिबाटै शुरु गरौ न है, हाम्रा दर्शक,स्रोताहरुलाई हजुरको संक्षिप्त पृष्ठभूमि बताईदिनुहोस न?
•म कृष्ण बहादुर ठकुरी र आमा देवीमाया ठकुरी को सन्तान पार्वती शाह, मेरो गृह जिल्ला भरतपुर महानगरपालिका चितवन वडा नम्वर-१२, र म सानै उमेर देखि राजनीति गतिविधिमा चासो राख्ने प्रवृतिको महिला भएकोले नेपाली काङ्ग्रेस पार्टी संग आबद्ध रहेर नेपाली काङ्ग्रेस पार्टीको भातृ संघ हरु जस्तै ने.वि.संघ, नेपाल तरुण दल, नेपाल महिला संघ आदिहरुमा मेजर नेतृत्वहरुमा रहेर पार्टी मार्फत समाजसेवा र राष्ट्र निर्माणमा निरन्तर लागिरहेको मेरो जोश जाँगरलाई देखेर मलाई पार्टीले विश्वास गर्यो र उपमेयरको टिकट दियो यसरी मैले जनताहरुको अपार माया र प्रेमले भरतपुर महानगरपालिकाको उप प्रमुख हुने सौभाग्य समेत प्राप्त गरे, सर्वप्रथम म मलाई सृष्टि गर्ने सृष्टिकर्ता परमेश्वर र मलाई यहाँ सम्म ल्याई पुर्याउने सम्पुर्ण महानुभाव र मेरो पार्टी प्रती कृतज्ञता जाहेर नगरि एकपल रहन सक्दिन।
३) सबै अभियान्ताहरु १ नम्वर कोशी प्रदेश बाटै आफ्ना अभियानहरु ब्रोकास्ट गर्न चाहान्छन् र तपाईं पनि यस्को खास कारण?
•अब नेपालको ७ प्रदेश ले आ-आफ्नै विशेषता, चिनारी र अस्तित्व कायम गरेता पनि नेपालको पुर्विय दर्शन र संस्कार, संस्कृति र इतिहासलाई कस्ले नरुचाउला र ! त्यसैले पनि सायद सबै १ नम्वर कोशी प्रदेश नै आउनुभएको होला, अब म पनि पुर्विय दर्शन, संस्कार संस्कृति संग राम्रो संग परिचित छु जस्को कारण मैले पनि नेपालको पुर्व बाटै मेरो अभियानलाई सशक्त रुपमा संचालन गर्नुपर्छ भन्ने लाग्यो र म अहिले कोशी प्रदेश अन्तर्गतको मोरङ, सुनसरी, झापा लगायत विभिन्न जिल्ला र जिल्लाको विभिन्न स्थानहरुमा आफ्नो अभियान, बोझ र दर्शन सियर गर्दै सर सल्लाह र सुझावहरु समेत संकलन गरि अघीबढिरहेको छु। मैले सोचे भन्दा धेरै साथ सहयोग सर सल्लाह सुझाव र माया पाएको छु यस्लाई अवश्य म आशिर्वाद संम्झी जोगाईराख्नेछु।
४) अहिले झट्ट हेर्दा नेपाली इसाईहरु माझ आपसी सद्भाव र एकता भाँडिएको जस्तो महशुष भईरहेको छ नि,यहाँलाई चाहिँ के लाग्छ ? यो प्रश्नमा सत्यता छ ?
• मलाई लाग्छ आज भन्दा अगाडि धेरै संघसंस्था आए र विलीन भएको अवस्था छ। यदि म गलत छैन भने यो संघ अलिक फरक ढंगले उदय भएको छ। किनभने देश बनाउने, नबनाउने भन्ने राजनीतिक दलको हातमा नै छ, हिजो पनि हो आज पनि हो र भोलि पनि हो। कसरी बनाउने कहाँ सम्म बनाउने भन्ने कुराहरु।अब हामीले दलहरुभित्र जुनसुकै पार्टीमा भए पनि रास्ट्रिय मुद्दामा हामी एक ठाँउमा उभिने नै छौ। र आ-आफ्नो आस्था राखिएको पार्टी भित्र तपाईंहरु सबै जना मेरै ठाँउमा आउनुस भनेर त म भन्छु तर बाध्यता कहि पनि छैन , स्वतन्त्रताको रुपमा तपाईंले त्यहि रहेर पनि आफ्नो आस्था राखेको पार्टी भित्र भएर पनि आफ्नो पहिचानको लागि तपाईं लडनुस है भनेर सबैलाई म आवहान गर्न चाहान्छ। अब हामीले दलहरुभित्र जुनसुकै पार्टीमा भए पनि स्वतन्त्रको रुपमा विशेषगरी कोसग आवद्ध हुदै गर्दा हामी लामो समयसम्म हाम्रो उदेश्यको प्राप्तिको लागि अगाडि बढ्न सकिन्छ भन्ने कुरा चै बुझ्न जरुरी छ। यो संस्थाको उदय भै सकेको छ ब्यक्ति परिवर्तन हुनसक्छ। म संस्थाको अध्यक्ष हुदै गर्दा भोलि पनि मैले नै निरन्तरता हुनुपर्छ भन्ने छैन। ब्यक्ति परिवर्तन हुनसक्छ तर संस्था अमर रहेर आफ्नो उदेश्य, मिसन भिजनको लागि अगाडि बढिरहने छ। यो चै अत्यन्तै एउटा ग्रास लेभलमा गएर जनता तथा ख्रिस्टियनहरुको हकहितका लागि लडने संस्था जो पार्टीसँग आवद्ध रहेर भातृ शुभेच्छुक संगठनको रुपमा हामीलाई आवद्ध गराईनु पर्छ, हाम्रो पहिचान हुनुपर्छ, हामीलाई पनि समावेशी गराइनु पर्छ, हरेक तहमा हाम्रो नेतृत्व हनुपर्छ, भन्ने लडाइँ यो पहिलो हो । मलाई लाग्छ अरु कुनै पनि पार्टीमा यो सायदै भएको छैन , फेरि पनि म आवहान गर्न चाहान्छु जुन ठाउँमा हुनुहुन्छ आफ्नो पार्टी भित्र पहिचान खोज्नको लागि अगाडि बढनुहोस । मैले यहाँहरु सबैलाई समन्वय गर्नेछु। मेलै जाने बुझेको र यहाँहरुले पनि जति पनि जाने बुझेको कुराहरु एकआपसमा हातेमालो गरेर पहिचानको लागि लडाइँ लडने छौ। रास्ट्रिय मुद्दा लिएर जाँदैगर्दा हामी एक ठाउमा उभिने छौ पुर्वको एकजना ख्रिस्टियन दाजुभाइलाई चोटलाग्दा पश्चिमको दाजुभाइलाई दुख्ने र पश्चिमको दाजुभाइलाई पीडा हुने पुर्वको ईसाई दाजुभाइलाई पीडा हुने संगठन बनाउनको लागि जमर्को गरिएको छ । पक्कै पनि गार्हो छ सजिलो छैन तर प्रयास गर्यौ भने असम्भव छैन भनेर मैले त्यसरी लिएको छु।
५) यो नेपाली इसाई नागरिक संघ के हो? यस्को लक्ष्य उदेश्यहरु के के हुन।
• हामीले ईसाई समुदायलाई कत्तिको समेटन सक्छौं र समन्वय गर्न सक्छौं भन्ने मुल मुद्दा हो । अगाडि बढाउन सक्छ। तपाईले पनि देख्नु भएको छ रास्ट्रिय पार्टीहरु देख्न सकिन्छ कोही पार्टी सानो र कोही ठुलो आकारमा हुन्छ। हाम्रो मिशन भिजन भनेको समाज र रास्ट्रलाई ठोस योगदान दिने विशुद्ध भावले रास्ट्रियता, लोकतन्त्र र समाजबादप्रति आस्था राख्दै ईसाई एकता प्रति प्रतिबद्धता र गोलबद्व हुनका लागि निर्माण भएको हो । हामीले ईसाई समुदायलाई कत्तिको अगाडि बढाउन सक्छ। एकता र गोलबद्व गराउने हो । यसको उदेश्य भन्नुनै :- ईसाईहरुलाई निरन्तर रुपमा संगठित गर्ने र क्रियाशील रहने ।आफ्नो धर्म, संस्कार, संस्कृति मुल्य मान्यताहरुको जगेर्ना गर्दे विभिन्न समुदायहरुका बिच आर्थिक सहिसुणता कायम गरि एकयबद्वता गराउने • महिला तथा पिछडिएका वर्गको हकहितका लागि आवश्यक पहल गर्ने , समाजमा रहेको हरेक तहमा ईसाईलाई सहभागी गराउदै रास्ट्र विकास निर्माणमा सहयोग गराउने , ईसाई -ईसाई बिच ईसाई र अन्य बिचमा समन्वय र आपसी भाइचाराको अभिवृद्धि गर्ने । सिपमुलक, स्वालम्बि र आत्मा निर्भर बनाउन पहल गर्ने, हामी एक आपसमा नयाँ सोच र भावनाको साथ फिल्डमा निस्किदै गर्दा फिल्डबाट अन्तर्क्रिया र भेटघाटबाट आएका थप घटबाट आएका कुराबाट अगाडि बढने उदेश्य रहेका छन।
६) विशेषगरी केन्द्र काठमाडौं वा गृहजिल्लामा बसेको भरमा संगठन त हुदैन, देशमा ख्रिस्टियनहरु बढिरहेको अवस्था छ, तपाईं पनि २/४ दिन अभियानमा हिडेर छाड्ने होकी। ख्रिस्टियनहरुको मुद्दा बोकेर हिड्न त धेरै कठिन र चुनौति छ । भोलि खुट्टा कमाउनु हुने होकि ।
• अत्यन्तै महत्त्वपूर्ण प्रश्न राख्नु भएको छ । मेलै तपाईंलाई स्पष्ट पार्न चाहानु हुन्छ । जुन यो यो प्रचण्ड गर्मि छ निस्केको छु । ताकि र पनि ग्रास रुटमा निस्कनु पर्छ म चै संगठनको अध्यक्ष भएर केन्द्रमा बसेर अरु द्वारा हुदैन मेलै आफै सुरुवात गरेको छ।तपाईले मेरो निरन्तर निगरानी राख्नु हुनेछ । म प्रदेश १ बाट सुरु गर्दे भइ २,३,४ र सुदुरपश्चिमसम्मा पुग्ने योजना छ। सम्भब भएसम्म सबै जिल्लाका साथीहरूलाई पुग्ने र स्थलगत भेटनेग , नभएको खण्डमा फोन सम्पर्क गरेर भएपनि सरसल्लाह , सुझाव लिने, प्रयास गर्न संगठनको लागि निस्किसकेको छु । कम्तिमा नेपाल ईसाई संघको पहिलो एजेन्डा भनेको ईसाई आयोगको लागि एजेन्डा रहेको छ। सरकारबाट पाउने सुबिधाहरु अन्य धार्मिक संघसस्थाले पाउदै गर्दा खेरि ख्रिस्टियनहरुले पाइरहेका छैन। राज्यले पनि हामीलाई दोस्रो दर्जाको रुपमा हेर्दै गर्दा त्यो प्राप्त गर्नको लागि हाम्रो आवाज हो । विशेषगरी हामी सधैं पनि नेताहरुको भर्याङ मात्रै भयौ हाम्रो कुरा कहिल्यै पनि सुनवाइ भएन भन्ने बारम्बार ग्रास लेभलमा प्राप्त गरिरहेको कुरा छ। अब हाम्रै समाजबाट नेतृत्व गरेर हाम्रो कुराहरु सदनसम्म पुर्याउनका लागि हाम्रेै साजबाट नेतृत्व हुनुपर्छ जहाँबाट जो कोही भए पनि ख्रिस्टियन समुदायबाट हुनुपर्छ । देशभरिका
ख्रिस्टियनहरको समस्या सबै ठाउको एउटै भएको कारणले
रास्ट्र मुद्दाको हकमा एउटै हुनै प्रतिबद्धता जाहेर गरेका छौ। सबै प्रदेशमा निस्कने सक्ने प्रयास रहनेछ ।
७) हजुरले सुरुवात गर्नुभएको यस नेपाल ईसाई संघले सम्पूर्ण ईसाईहरुलाई समेटन सकोस् र उदेश्य पुर्तिको शुभकामना दिन चाहान्छु। जादा जादै अन्तमा के भन्न चाहानु हुन्छ।
• प्रदेश नम्बर १ मा ४ दिनको बसोबासमा भेटरे अगाडि बढन साथ सहयोग दिनुहुने रेभरेन, पास्टर , अगुवा साथै सम्पूर्णको सल्लाह, सुझाव हामी सबै जो जति ख्रिस्टियन समुदाय को म आवहान गर्न चाहान्छु सबैजना एक ठाँउमा एक ढिक्का भएर अगाडि बढनु पर्छ, हामी गोलबद्व हुनुपर्छ,एकतामा नै बल छ, शक्ति छ र हामीले राज्यमा दबाब दिनको लागि हाम्रो हकहित प्राप्त गर्नको लागि चै हामी एक ठाउमा उभिनसबैलाई आवहान र अनुरोध गर्न चाहान्छु। हामी सबैजना प्रार्थना सहित छलफल गर्नेछौं, र कुनै कुरा छ भने मलाई सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्छु।
