Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पास्टर पिटर र डा. रोनीमाको बिदाई कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2024
147 shares

प्रदिप छिनाल ,दुबई । यही मिति २०८१ साउन २५ गते शनिबारको दिन यू.ए.ई.मा लामो समय सम्म सेवाकाई गरेका पास्टर पीटर र डा.रोनीमाको बिदाईको कार्यक्रम सम्पन्न भएको थियो। करीब २१ बर्षको लामो यू.ए.ई.को सेवाकाई पुरा गरेर नेपालको लागि परमेश्वरले दिनुभएको दर्शन “आर्क अफ होप” मार्फ़त सेवाकाई गर्नको लागि पास्टर पीटर र उहाँको श्रीमती डा.रोनीमा नेपाल प्रस्थान गरेका छन।

नेपाली बाइबल संगति मण्डलीले उनीहरूको बिदाईको लागि अलऐन टाउन सेन्टर स्थित सुपर रेस्टुरेन्टको हलमा कार्यक्रम गरेको थियो। उक्त कार्यक्रम २ सेसनमा सम्पन्न भएको थियो। पहिलो सेसनमा आराधना संगति भएको थियो भने दोस्रो सेसनमा बिदाई कार्यक्रम राखिएको थियो। सेभिंग ग्रेस नेपाली चर्च दुबईका गेस्ट पास्टर नयन राई उपस्थित थिए र उहाँको उपस्थितिले मण्डलीलाई उत्साह मिलेको थियो। आराधना संगतिमा संचालन गीता लिम्बुले गरेकि थिइन भने शुरुको प्रार्थना डिकन कुबेर राईले गरेका थिए।

आराधनामा उषा लामाले क्वायर टिमको साथमा रहेर अगुवाइ गरेकी थिइन। बचनको प्रार्थना पास्टर संजय रसायलीले र पास्टर बिष्णु तामाङले २ तिमोथी ४:७ बाट परमेश्वरको बचन प्रस्तुत गरेका थिए। अन्तिम प्रार्थना पास्टर पीटरले गरेका थिए। लामो समय सम्म सँगै रहेर परमेश्वरको राज्यमा यात्रा गरेका हुनाले निश्चय पनि भौतिक दुरिमा टाढा हुँदा भबनात्मक रुपमा पीड़ा हुनु स्वाभाविक हो।

पास्टर पीटरले मण्डलीलाई उत्साहको शब्द ब्यक्त गर्दै गर्दा सबैको आँखा रसाएका थिए। उहाँले यू.ए.ई.मा रहेर सेवाकाई गर्नुभएको सब्यदृष्य हेर्दा सबै भाबुक बनेर परमेश्वरलाई धन्यबाद दिई रहेका थिए। भोजनको लागि गेस्ट पास्टर नयनले प्रार्थना गरेका थिए भने करीब १ घण्टाको खानपिनको ब्रेक समय पछि दोस्रो सेसन शुरू गरिएको थियो।

कार्यक्रमको दोस्रो सेसनमा कार्यक्रम संचालिका सरिता राई थिइन भने पास्टर बिष्णु, पास्टर संजय, पास्टर नर, प्रचारिका गीता, डिकन कुबेर,दिदी बहिनी अगुवा आकृति र नैनकलाले सामुहिक रुपमा बिदाईको गीत गायका थिए। अबिया श्रेष्ठ, आशिष रसायली र ग्रेस रसायलीद्वारा प्रस्तुत गरिएको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

डिकन कुबेर राईले बिदाईको कविता बाचन गर्दा कार्यक्रममा उपस्थित सबै जना मन्त्रमुक्त भएका थिए। भुबन राई,सारा घतानेद्वारा बिदाईको गीत र आकृति रजकबाट उत्साह र आशिषको बचन राख्दा सबैका गहभरी आँशु देखिन्थो। यसबाट के स्पष्ट हुन्थ्यो भने पास्टर पीटर र उहाँको श्रीमती रोनीमाले मण्डलीमा निकै ठुलो योगदान दिएका थिए र मण्डलीलाई यहाँ सम्म लिएर आउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए।
पास्टर पीटर र डा.रोनीमालाई मण्डलीको तर्फबाट, क्वायर टीमबाट र असर टीमबाट छुट्टा छुट्टै उपहार प्रदान गरेका थिए भने कतिपयले ब्याक्तिगत रुपमा पनि उपहार दिएका थिए ।

कार्यक्रमको अन्त्यमा पास्टर पीटर गुरुङ, पास्टर बिष्णु तामाङ, पास्टर संजय रसायली, पास्टर प्रदीप छिनाल, पास्टर नर बहादुर श्रेष्ठ, पास्टर नयन राई, डिकन कुबेर राईद्वारा रेचल राई र ज्योति रजकलाई दिदीबहिनी अगुवाको निन्ति अभिषेक गरिएको थियो। अन्तिम प्रार्थना पास्टर पीटरले गरेर कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved