डिकेन्द्र बस्नेत, झापा । कमल गाउँ पालिका नारी ईसाई समाजको ५ ओैं अधिवेशन तथा ११ औं वार्षिक साधरण सभा यहि भदौ ३ गते सोमबार हुने भएको छ ।एमएमसि चर्च साउन १३ गते कमल गाउँ पालिका नारी ईसाई समाजकि अध्यक्ष वसन्त राईको अध्यक्षतामा बसेको समाजको कार्यसमिति बैठकले अधिवेशनको तयारी तथा कार्य बाडफाड गरिएको छ।
अध्यक्ष राईका अनुसार ५ ओैं अधिवेशन कमल गाउँ पालिका अवस्थित ज्योति चर्चको हलमा समाजको ५ ओैं अधिवेशन हुन लागेको हो ।
२०७० सालमा स्थापना भएको ईसाई समाजको उद्घाटन समारोहको प्रमख अतिथिमा कमल गाउँ पालिका ईसाई समाजका अध्यक्ष पास्टर जोन मुर्मु हुनुहुन्छ भने समारोहको प्रमख वक्ताको रुपमा दमक गुड न्युज चर्चकि पास्टर पारु खापुङ राईलाई निमन्त्रणा गरिएको छ।
त्यसतै विशिष्ट अतिथिमा झापा जिल्ला नारी ईसाई समाजकि अध्यक्ष ममता रेग्मी, जिल्ला अध्यक्ष पास्टर अमरदिप आले मगर, जिल्ला उपाध्यक्ष तारा चाम्लिङ, सचिव पास्टर राजु चाम्लिङ, पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत सहित जिल्ला र स्थानीय मण्डलीहरुको उपस्थिति रहने नारी ईसाई समाजकि सचिव दिपा राईले बताउनुभयो ।
बैठकले १० गते हुने अधिवेशनका लागि कमल गाउँ पालिका ईसाई समाजका अध्यक्ष पास्टर जोन मुर्मुको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। सदस्यीय निर्वाचन मण्डल चयन गरेको छ। निर्वाचन समितिको सदस्यहरुमा पास्टर पास्टर भिक्टोर सुनुवार र अनुग्रह तामाङ रहनु भएको छ ।सर्वसहमतिले नयाँ कार्यसमिति चयन गरिने आयोजक समाजले जनाएको छ।
समारोहमा कमल पालिकाका विभिन्न चर्चहरुको तर्फबाट प्रतिनिधिमुलक गीतसंगीत र नृत्यहरु प्रस्तुति हुने कमल नारी ईसाई समाजकि अध्यक्ष वसन्त राईले जानकारी दिनुभयो ।
