डिकेन्द्र बस्नेत, झापा । ईसाई समाज दमकको २९ ओैं स्थापना दिवस तथा दोस्रो अधिवेशन यहि भदौ १० गते सोमबारका दिन हुने भएको छ। मंगलबार दमकको टि-टाइमा रेस्टुरेन्टको सभाहलमा बसेको समाजको कार्यसमिति बैठकले २९ ओैं स्थापना दिवस तथा दोस्रो अधिवेशन बारे छलफल गरेको छ।
२०५३ सालमा स्थापना भएको दमक ईसाई समाज २०७९ सालमा भने आधिकारिक रुपमा पास्टर आकाश थुलुङको नेतृत्वमा नेपाल सरकारमा विधिवत दर्ता भएको छ । दर्ता गरेको ६ महिना पछि पहिलो अधिवेशन मार्फत थुलुङले अध्यक्षता सम्हाल्दै आउनु भएको छ भने यहि भदौ १० गते दोस्रो अधिवेशन गरिन लागेको हो ।
दमक ५ स्थित ज्योति चर्चको हलमा हुन लागेको अधिवेशनमा दमकका ३४ वटा चर्च तथा संघसंस्था, बेलडाँगीका चर्च र झापा जिल्लाबाट १/१ जना प्रतिनिधित्वमुलक गरि करिब २०० जनाको सहभागिता रहने आयोजक समाजले जनाएको छ ।
आज बसेको बैठकले १० गते हुने अधिवेशनका लागि ५ सदस्यीय निर्वाचन मण्डल चयन गरेको छ। पास्टर राज कुमार राईको संयोजकत्वमा बनेको निर्वाचन समितिको सदस्यहरुमा रेभ एन्डि थुलुङ ,पास्टर दावा शेर्पा, पास्टर किशोर सुनुवार र पास्टर मान बहादुर आङदम्बे चयन भएका छन। जसलाई नयाँ कार्य समितिको नामावली र पुर्ण अधिकार दिएको छ। आज बनेको निर्वाचन समितिको निर्णयमा सर्वसहमतिले नयाँ कार्यसमिति चयन गरिने छ। शुरुवातको समयदेखि नै समाजको अभ्यास अनुसार समिति चयन गर्दा सर्वसहमति बाटै नयाँ समिति गठन गरिने ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङले बताए ।
अधिवेशनको वक्तामा मोरङ इसाई समाजका अध्यक्ष पास्टर नवीन कुमार राई छन भने कार्यक्रमको प्रमख अतिथका लागि झापा जिल्ला ईसाई समाजका अध्यक्ष अमरदिप आले मगर आउने तय भएको छ। त्यसैगरी विशिष्ट अतिथिमा दमक वडा नं.१ का अध्यक्ष हरि प्रसाद न्यौपाने रहेका छन यस्तै अतिथिहरुमा झापामा रहेका प्रत्येक इलाका ईसाई समाजका अध्यक्ष, दमक वडा नं ५ अध्यक्ष इन्द्र गुरुङ लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरु साथै पत्रकारहरु आतित्थयता रहने छ।
सोही कार्यक्रममार्फत यसै वर्ष एसईइमा उत्तीर्ण भइ ए ग्रेड ल्याउने विद्यार्थीहरूलाई समाजले उनिहरुको उत्साह तथा हौसलाका लागि नगदसहित सम्मान गरिने समाजका सहसचिव एल्डर सुरज लिम्बूले बताएका छन ।
ईसाई समाजको बैठकले विपत तथा आपतकालीन व्यवस्थापन उपसमितिको संयोजकमा पास्टर युवराज गजमेर साथै खेलकुद विभागको संयोजकमा एल्डर शिखर राईलाई चयन गरेको छ ।
