कृष्ण कुँवर, अबुधाबी । संयुक्त अरब ईमिरेट्स (युएई) अबुधाबिमा नेपाली नबजागृति मण्डलीले २४औं बार्षिकोत्सब् भब्यताका साथ सम्पन्न गरेको छ। युएईको राजधानी अबुधाबीको मुसाफामा रहेको ब्रेदेन् चर्चमा भएको बार्षिकोत्सब् कार्यक्रममा इसाई अगुवाहरु र बिश्वाशिहरु ३९५ जना सहभागी थिए।
डीकन् सन्तोष सुब्बाले संचालन् गरेको कार्यक्रममा पास्टर गोपाल पुलामीको प्रार्थना पछि डिकन राज पुनको अगुवाईमा “हामी सबै मिलीजुली आएका छौं आज परमेश्वरको प्रसंसा गर्नलाई” गीत मण्डली भवनमा गुन्जिएको थियो। जेम्स गुरुङले आराधानामा अगुवाई गरेपछि पास्टर सोम् के.शी.ले पवित्रशास्त्र बाइबल (मत्ती २४: २३-३४, १कोरिन्थि १५:३३-३४, रोमी १:१८-२३,एफिसि ६:१०-२०,यशैया ३१:३-४)लाई प्रकाश पारेका थिए।
आफु यही मण्डलिको निर्माण भएको बताऊँदै पास्टर सोम के.सी.ले भने- मत ढोके हुन योग्यको मानिस् पनि होईन। आफु केहि मुल्यको थिईन, २००४ तिर असरको काम् सँगसँगै अनुबादकको काम् गर्थें। परमेश्वरले मेरो जिबनमा आश्चर्यकर्म गर्नुभयो। अन्तिम् प्रार्थना कतिबेला सकिन्छ भनी आतुर् हुने म आज अन्तिम् प्रार्थना गर्ने बनेको छु। परमेश्वरले मेरो जीवनमा आश्चर्यकर्म गर्नुभएको छ। यही मण्डलिबाट सुनेर, सिकेर अहिले पास्टरिय सेवामा छु, यस्को निम्ति मैले परमेश्वरबाट तालीम् पाएँ।
हामी सबैको बिश्वाशमा परमेश्वरले आशिष दिनुभएकोले हामी २४औं बर्षमा पुग्न सफल भएका छौं। यो साधरण झुण्डलाई परमेश्वरले असाधरण बनाउनुभयो। मण्डलीको स्थापना र बृद्विमा परमेश्वरको अनुग्रह, पूर्बअग्रजहरू र मण्डलिका बिश्वाशी सबैजनाको प्रार्थनाको लगानी छ।
चमत्कार धेरैले गर्छन्, चुनिएका हरुलाई पनि भट्काउँछन्। धेरै झूटा शिक्षाहरु र ख्रीष्टरहितका सिद्दांतहरु संसारमा आएका छन्। मण्डलीलाई ख्रीष्टको शिक्षा बाहिर बहकिएर जानबाट बचाउने कर्तब्य मण्डलिको हो। मानिसलाई आत्मिकी अंधकार बाट निकाल्नु मण्डलिको जिम्मेवार हो।
मण्डली एयरफिल्टर जस्तै हो। सुद्द तुल्याउने मण्डली, ख्रीष्टलाई प्रचार गर्ने मण्डली हो। हामी चाहन्छौं मण्डली परमेश्वरलाई प्रेम गर्ने, येशूलाई प्रचार गर्ने होस्। बचनबाट नै बचनको प्रचार गरिनुपर्छ। ख्रीष्ट संसारको एक मात्र आशाको केन्द्र हुनुहुन्छ। सबैको पाप क्षमा गर्ने परमेश्वर येशू हुनुहुन्छ।
आत्मिक युद्धमा सक्रिय भएको मण्डली बौध्दिक युद्धमा प्रबेश गरेको देखिएको छ तर त्यो ब्यर्थ हो। हामी ख्रीष्टमा संयम हौं, अन्त्यसम्म स्थिर बसौं, प्रतिक्षा गरौं। हामी समाजलाई परिवर्तन गर्न चाहन्छौं तर त्यो भन्दा पहिले आफुलाई ख्रीष्टमा परिबर्तन् गरौं। आफुलाई परिवर्तन गर्न नसक्नु ख्रीष्टको प्रेम बुझ्न नसकेर हो। परमेश्वरले हृदय बदलिएको चाहानुहुन्छ। सबै दुष्टता हटाएर ख्रीष्टलाई धारण गरौं।
नबजागृति मण्डली योग्य, क्षमतावान, परमेश्वरका शक्तिशाली जनहरु मिलेर बनेको मण्डली होईन तर यो मण्डलीलाई यहाँसम्म पुर्याउनेत स्यं परमेश्वर नै हुनुहुन्छ। पुलपिटबाट हामीले मानिसलाई प्रभाव पार्ने बचन कहिलै प्रचार गरेनौं, तर हामीले प्रचार गरेको बचन प्रभु येशख्रीष्ट हुनुहुन्थियो। नबजागृति मण्डलीलाई ईश्वरशास्त्र अध्यन् गरेकोले शुरुवात गरेका थिएनौं। असल् तरिकाले गाउन र प्रार्थना गर्न नजान्नेले शुरू गरेका हौं तर काम गर्ने हामी होईन, परमेश्वर हुनुहुन्थियो, जस्ले सबैथोक् गर्नसक्नुहुन्छ।
नबजागृति मण्डलीले जहिलेपनि येशूलाई प्रचार गर्यौं, प्रभु येशूलाई जहिलेपनि महिमा दीयौं। हाम्रो मण्डलिको जगको आधार हाम्रो ज्ञान, बुध्दि, क्षमता, शक्ति थिएन, येशू नै हाम्रो जग हुनुहुन्थियो। मण्डलिको शीर उहाँनै हुनुहुन्छ। ख्रीष्टलाई नै हेरौं, यही कुरालाई मण्डलीले जोड दिईरह्यो। हाम्रो योग्यता क्षमता उहाँनै हुनुहुन्थियो जान्ने ब्यक्ति कोहि नभएतापनी परमेश्वरले यो मण्डलीलाई यहाँसम्म पुर्याउनुभयो। यहाँबाट बुझ्न सकिन्छकी मण्डलीले प्रचार गर्नेत वास्तबमा शक्तिशाली बचनबाट होईन रैछ।
मण्डलीले प्रचार गर्ने बचन त ख्रीष्ट हुनुहुँदोरैछ त्यसैले बचनको प्रचारमा ख्रीष्टको प्रचार हुनुपर्छ। बाइबलमा भएको बचनत ख्रीष्टको बारेमा लेखिएको बचन हो। ख्रीष्टलाई भेटेर हामीले सत्यमार्ग अनन्तजीवन भेटेका छौं। मेरो शब्दले तपाईंलाई सल्लाह, सुझाब्, उत्साह, उत्प्रेणा दिन सक्ला तर मैले पाप र मृत्यु देखी उद्दार गर्न सक्दिन त्यसैले सबैलाई प्रेम गर्ने उद्धार गर्ने, अनन्त जीवन दिनुहुने येशू हुनुहुन्छ। येशूलाई नै हेरौं,उहाँलाई नै बिश्वाश गरौं।
बार्षिक उत्सबमा पास्टर गोपाल पुलामी द्वारा नबजागृति मण्डली मदिना जायदका गणेश बहादुर मगर, नारायण खत्री, बेनुराज गुरुङलाई ख्रीष्टमा डिकन अभिषेक गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा मण्डलीको इतिहास, प्रतिबेदन, वित्तीय प्रतिबेदन, भिडियो सन्देश,उपस्थित् अगुवाहरूको सन्देश सुनाईएको थियो। बधाई शुभकामना,आशीष दिएर अशल गोठालो मण्डली सारजाहका पास्टर नेत्र बोहोराले प्रकाश २:११ पढ्दै भने- ख्रीष्टबारे नसुन्ने ब्यक्ति मृत्युको जोखिममा पर्नसक्छ। नबजागृति मण्डली २००४ तिर दूई-चार जनाले कोठामा संगति गरेको अहिले जस्तै लाग्छ तर कष्टको इतिहास बोकेर यहाँसम्म आईपुग्नुको कारण ख्रीष्टको बचन सुनेकोले हो।
अन्तराष्ट्रिय नयाँ करार मण्डलीका पास्टर तिमोथि घीमिरेले आफ्नो र मण्डलिको तर्फबाट हिब्रू १३:१७ पढ्दै उत्साह,र शुभकामना दिएका थिए। कोरियन् पास्टर पीटरले ख्रीष्टको प्रचार द्वारा यो मण्डलिको इतिहासमा अझै धेरैमान्छे जोडीउन् भन्दै बधाई र शुभकामना दिएका थिए।
नेपालबाट नबजागृति मण्डलिका पूर्ब अगुवाहरु र नेपालमा पास्टरिय सेवागर्नेहरु पास्टर श्याम गुरुङ, पास्टर बी.एम. राई, पास्टर यूवराज राई, पास्टर पावल राई, पास्टर डी.बी. गजमेर, पास्टर अमृत पुन्, डिकन जनक शर्मा, पास्टर कुमार गुरुङ र उषा गुरुङको भिडियो सन्देश सुनाईएको थियो।
कार्यक्रमको अन्तिम्, रमाईलो क्षणले भरिपूर्ण भएको थियो। आराधाना समुह द्वारा मुख्य गीत- “हाम्रो हरेक पाईलामा नछुट्ने साथ दिनुभयो, शक्ति पायौं यो साथमा, आनन्दले मन भर्नुभयो” भन्ने गीत सँगै, “रमाउने कारण येशूको नाउँ” गितमा जीतु गुरूंङ समुहको नृत्य,जेम्स गुरुङ समूह टूरिस्ट क्लब क्षेत्रको गीत “लौ दाजु सुनन,लौ बहिनि सुनन” आईकार्ड मुसाफा समुह कृष्णा, अनिता, दीलु, फुलूको सामुहिक् नृत्य, सूजन रनपहेलीको “परमेश्वरको चोखो बेदिमा” सारंगीको धुन्, युद्दीन तामाङ समुहको तामाङ गितमा सबैजना रमाईरहेका थिए।
पास्टर सुनिल थापाको आशिषको प्रार्थना पछि प्रेमभोज गरिएको थियो भनें शनिवार बिदा नमिल्नेहरुको ठुलो संख्याले आइतवार र सोमबार पनि नबजागृति मण्डलिको बार्षिकोत्सब मनाए, भनें मदिनाजायद झुण्डले पनि बार्षिक उत्सव मनाएको छ।
