बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदलाई बंगलादेशका जनताले लखेटेका छन् । याे सँगै बंगलादेशमा हसिनाको सरकार अपदस्थ भएको छ ।उनी देश छाडेर भारततर्फ हेलिकप्टरबाट बहिनी सहित भागेको विभिन्न सञ्चार माध्यमहरुले बताएको छ ।
सम्भवतः हसिना भारत हुदै बेलायत जाने आकलन स्थानीय सञ्चार माध्यमको छ । उनी लोकप्रिय मतकासाथ चौथो कार्यकालका लागि हालैमात्र पुनः निर्वाचित भएकी थिइन् । बंगदादेशमा १५ वर्ष उनलेे शासन गरेपछि असन्तुष्टि चुलिएको थियो ।
जनताको विद्रोह पछि त्यहा सेनाले सत्ता हातमा लिएको छ । निर्वाचनको नाममा ,लोकतन्त्रका नाममा निरन्तर राज्यकोषबाट लुटपाट गरेको उनी माथि आरोप थियो ।
यसबाट संसारका हरेक शासकले बुझ्नुपर्छ खासगरी नेपाली लोकतन्त्रवादी हौ भन्नेहरुले ‘गफ दिएर मात्रै जनताले मान्दैनन् , हुदैन ,धैर्यको सीमा जनताको टुट्यो भने कुनै तन्त्र,पार्टी र नेता बाँकी रहनेछैनन् ‘। बंगलादेशका जनताले यहीँ प्रमाणित गरेका छन् ।
