डिकेन्द्र बस्नेत, झापा । किङ्स नेपाल क्रिएसनको आयोजनामा “ इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ ” सिजन २ को ट्यालेन्ट राउन्ड शनिबार सम्पन्न भएको छ ।
दमकको कनकाई पार्टी प्यालेसमा भएको मोडल आइकन २०२४ प्रतियोगितामा जुनियरतर्फ ७ वर्ष देखि ११ वर्षको उमेर समुह र सिनियरतर्फ १२ देखि १७ वर्षको उमेर समुहका सहभागी थिए ।
उक्त ट्यालेन्ट राउन्डको निर्णयकमा सर्वोदय बोर्डिङका प्रिन्सिपल नवीन योगी, लक्ष्मी डान्सर स्टुडियोकि लक्ष्मी मगर, स्थानीय गायक सिद्धान्त खडका र किङ्स नेपाल क्रिएसन कम्पनीका कोर्डिनेटर विकल थामी रहेका छन।
ट्यालेन्ट राउन्ड प्रतियोगितामा प्रिन्स तर्फ ५ जना र प्रिन्सेस तर्फ १८ जनाले आफ्नो प्रतिभा प्रस्तुति देखाएका थिए । जसमा सिंगिङ,ड्रामा,नित्य ,कविता ,स्पिच, र कला प्रस्तुत गरेका हुन। यसको रिजल्ट भने फिनाले मार्फत घोषणा गरिने किङ्स नेपाल क्रिएसन कम्पनीका डाइरेक्टर कृष्ण साहले बताएका छन।
डाइरेक्टर साहले भने नानीहरूको लुकेका प्रतिभाहरूलाई विद्यार्थीहरू अध्ययनरत किशोर किशोरीमा अन्तर्निहित प्रतिभा प्रस्फटन गराउने, विभिन्न जातजातिको कला संस्कृतिक पुस्ता हस्तान्तरण, संरक्षण र प्रवर्धन टेवा पुर्याउने,किशोर, किशोरीमा विभिन्न विकृति विसङ्गतबाट अलग रहन प्रेणित गर्न रहेको बताए ।

