Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उर्लाबारीमा छुरा प्रहार गरि फरार अभियुक्त सुवाश लामा पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2024
36 shares

डिकेन्द्र बस्नेत,झापा। उर्लाबारीमा छुरा प्रहार गरी फरार भएका सुवाश लामा( तामाङ) पक्राउ परेका छन् । बुधबार साँझ ६:३० बजे सुन्दरहरैचा-४ दुलारीबाट सुवाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

उर्लाबारीबाट प्रहरी निरिक्षक दासको कमान्डमा खटिएको टोलीसहित अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीको टोलीले लामालाई चेकजाँच गर्ने क्रममा पक्राउ गर्न सफल भएको प्रवक्ता बस्नेतले बताए ।

लामाले मंगलबार साँझ करिव ७:२० बजे आफ्नै घरमा उर्लाबारी वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार दाहाललाई छुरा प्रहार गरि उनी फरार भएका थिए ।

यता छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो । गोदावरीमा उनको उपचार सम्भव नभएपछि अस्पतालले दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो । लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएतापनि उपचारको क्रममा राती ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ परेका उर्लाबारी -५ निवासी ३५ वर्षिय लामा अपराधिक पृष्ठभुमीका हुन् । उनी यसअघि करिव १० वर्ष कैद सजाय भोगेर केहि समयअघि मात्रै रिहाई भएका थिए ।

मोरङ प्रहरीकाअनुसार लामा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए । अपराधिक पृष्टभूमिका लामाले वि.सं. २०७१ सालमा आफ्नै एक साथीको ढुंगाले हानेर हत्या गरेको प्रवक्ता बस्नेतले बताए ।

प्रहरीका अनुसार वि.सं. २०७१ असोज ८ गते राति उर्लाबारी वडा नम्बर २ का नविन राईको लामाले हत्या गरेका थिए । लामाले राईको हत्या गर्दा हालका मोरङ प्रहरी उपरीक्षक नवराज कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए ।

तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा लामामाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।

यस्तै लामालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved