धनगढी। अस्पताल बनाउँछु भनेर चर्च बनाईएको र चर्च भत्काईएको भन्ने हल्ला केहि दिनदेखी संजालमा फैलिएको थियो तर सो हल्ला निराधार भएको पुष्टि भएको छ।
यसै बारेमा धनगढी उपमहानगरका ईन्जिनियर डिजराज भट्टका अनुसार “भवन बनाउँन अनुमति लिँदा तालीम सेमिनार संचालन् गर्ने भनेर लिईएको हाे, जस्तै:– सेनेटरी तालीम्, इलेक्ट्रिकल तालिमको लागि,तर त्यो भन्दा फरक किसिमकाे गतिबिधि गरियाे भन्ने पनि छ तर खासमा उपमहानगरले उहाँहरुले गरेकाे गतिबिधिकाे आधारमा भवनमा डाेजर चलाकाे हैन,नक्सा पास गर्दा भन्दा थप गरिएको भवन भत्काईएको हाे “
यसै बिषयमा धनगढी ईसाई समाजले धनगढ़ी उ.म.पा.लाई र ७ नम्मर वडा कार्यलय मनेहरालाई बोधार्थ गराउँदै
धनगढी इसाई समाजका अध्यक्ष जोएल भण्डारीले धनगढी इसाई समाजमा नेपाल लाईफ वर्ल्ड मिशन सोसाईटी आबद्द नरहेको बताएका छन्।
धनगढी उपमहानगरपालिका ७ मनेहरामा वडाकार्यलय र जग्गाधनिसङ्ग अस्पताल संचालन् गर्ने भनेर चर्च संचालन गरेको बिषयले नेपालभरिका इसाई हरुलाई नकरात्मक प्रभाव परेको भन्दै भत्सर्ना गरेका छन्।
धनगढी उपमहानगरपालिका र इसाई समाज धनगढीका अनुसार अस्पताल बनाउने भनेर चर्च बनाईएको भन्ने हल्ला निराधार रहेको पुष्टि भएको छ।
निश्चित कामको इजाजत लिएर अन्य प्रयोजनमा भवन प्रयोग गरिनु गैरकानुनी हो। जो कोहिले पनि नेपालको प्रचलित् कानुनको पालना गर्नैपर्छ। गल्ती गर्नेहरुलाई कानुनको दायरामा ल्याईनुपर्छ। जो कोहिले पनि धर्मको नाउँमा राज्यलाईनै झुक्याउने, छल्ने, ठग्ने काम् गर्नहुँदैन।
धर्मको नाउँमा गैरकानुनी कार्य गर्नेहरु दण्डित् हुनुपर्छ। पछिल्लो समयमा बिना आधार नेपाली इसाई हरुलाई निरुत्साहित् तुल्याउने, समाजमा शान्ति खल्बल्याउने उधेश्यले केहि धार्मिक् अतिबादिहरुले नकरात्मक् हल्ला चलाउने गरेका छन्।
