Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दुई दशक प्रवासको सेवाकाई पछि पोखरामा अस्पताल खोल्दै पास्टर पीटर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2024
282 shares

शुक्लगण्डकी नगरपालिका १२ तनहुँ, गण्डकीमा जन्मिएका पोखरा उपमहानगरपालिका वडा नम्बर १४ बी.पी मार्ग, पोखरा कास्कीका पीटर गुरुङ, आधिकारीक नाउँ घनश्याम गुरुङ अहिले युएईमा छन। पीटर गुरुङकी श्रीमती रोनिमा नियोग गुरुङ फिलिपिन्सकी हुन।

त्रिभुवन विश्वविद्यालयबाट बी.बी.एस (ब्याचलर अफ बिजनेस स्टडी), Gloucestershire University U.K. बाट एम.बी.ए. (मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन) र ईश्वर शास्त्रमा भारतको International Open University of Theology बाट B.T.H. (धर्मशास्त्रको स्नातक तह)सम्मको पढाइ पूरा गरेका पीटरले युएईको अलऐनमा Hotel र Hospitality क्षेत्रका अनुभवि छन। नेपालमा निकै समय Supply chain मा पनि धेरै राम्रो अनुभव भएका पीटर सङ्ग लामो समय एउटा प्रख्यात कम्पनी Unilever Arabia सँग काम गरेको राम्रो अनुभव छ। तीन वर्षको अस्पताल व्यवस्थापन सम्बन्धी धेरै डिपार्टमेन्टहरूमा काम सिक्ने मौका पाएका पीटर एक वरिष्ठ पास्टरको रूपमा युएईमा एक जीवन्त चर्चको नेतृत्व गर्दैछन्, जसमा उनको भूमिका र नेतृत्वका गुणहरू विश्वासी समुदायप्रतिको प्रतिबद्धतालाई जोड दिन्छ। पीटर नेपाली बाइबल संगति चर्चको संस्थापक सदस्यहरू मध्ये एक हुन्।

जसले चर्च समुदायको स्थापना र पालनपोषणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छन्। दुई दशक भन्दा बढी यूएईको भूमिमा रहेर सेवाकायी गरेका पास्टर पीटर गुरुङ सँग  सूचना चाैतारी डट कमका लागि संचारकर्मी प्रदीप छिनालले गर्नुभएकाे सम्बादकाे सम्पादित अंश:

प्रभुलाई कहिले बिश्वास गर्नुभयो?

२५ अक्टोबर, २००३. अल ऐन संयुक्त राज्य ईमिरेरेट्स ।

यू.ए.ई कहिले र कुन उद्देश्य लिएर आउनु भएको थियो?
म यू.ए.ई.मा २००३, मे महिनाम आएको थिएँ र यहाँ आउनुको मेरो मूल उद्देश्यनै पैसा कमाउनु असल भविष्य बनाउनु र आफ्नो ठाउँमा एउटा चिरपरिचित र प्रभावशाली व्यक्तिको रुपमा चिनिनु मेरो उद्देश्य थियो। तर कामको साथ साथै प्रभुले उहाँको सेवा गर्न बोलावट दिनुभएपछि निरन्तर रुपमा सेवकाईमा आफ्नो जीबन समर्पित गरेको छु।

यू.ए.ई.मा मण्डली कहिले र कसरी स्थापना गर्नुभयो?

परमेश्वरको अनुग्रहमा यु.ए.ई.को अल ऐन सहरमा नेपाली मण्डली २००९ मा गएर “नेपाली बाइबल संगति” को रुपमा स्थापित भयो। तर मण्डली स्थापना हुनको लागि धेरै मेहनत, परिश्रम, र प्रार्थनाको लगानी लागेको छ र जुन समयमा नेपालीहरूको संख्यानै धेरै कम थियो, झन् नेपाली ख्रीष्टियानहरू त थिँदै थिएन। त्यस कारण हामीनै यो सहरमा पहिलो नेपाली ख्रीष्टियान पुस्ता भएको पनि म जानकारी गराउन चाहन्छु। मण्डली स्थापना हुन अघि हामी धेरै लेबर क्याम्पहरूमा र बजारहरूमा गएर परमेश्वरको सुसमाचार प्रचार र प्रसारको निम्ति लागि पर्यौ र पछि हामी बस्ने आफ्नै कोठाबाट घरेलु संगतिहरूबाट सुरु गर्दै आयौं र पछि नोभेम्बर महिना २००९ मा आएर अफिसियल रुपमा “नेपाली बाइबल संगति” मण्डलीको स्थापना भयो र त्यही दिनदेखि उसो हामीले इभानजेलिकल चर्च सेन्टरको माताहातमा रहेर प्रभुको आराधना र सेवाहरू गर्दै आएका छौं। अझै मलाई राम्रोसँग थाहा छ त्यो हाम्रो पहिलो संगति अथवा सेवा आदरणीय पास्टर स्ट्यान रुबेशको अफिसबाट सुरु भएको थियो र यो मण्डली स्थापनाको बारेमा भन्दै गर्दा मैले बिर्सिन नहुने अतिनै आदरणीय व्यक्तित्वहरुमा दाजु साइमोन लामा मोक्तान र पास्टर स्ट्यान रुबेश र परमेश्वरलाई धन्यवाद टक्राउन चाहन्छु, जसको कारण आज यो मण्डली अस्तित्वमा आएको छ।

मण्डली स्थापना गर्नुको उद्देश्य र यसको चुनौतीहरू कस्ता थिए?
मण्डली स्थापना गर्नको हाम्रो एउटै मूल उद्देश्य परमेश्वरको आराधना र उहाँको सेवा गर्न साथै यू.ए.ई.मा आएका आम नेपालीहरुले पनि परमप्रभु परमेश्वरसँग प्रार्थना गर्न सेवा गर्न र आराधना गर्ने ठाउँ र अवसर पाएको होउन भन्ने हो। सुरुको दिनहरूमा चुनौती धेरै थिए। दिनभरिको कामको लखतरानपछि प्रचारप्रसार गर्न अरुलाई गएर उत्साह र प्रोत्साहन दिन सजिलो थिएन। तैपनि परमेश्वरले दिनुभएको बोझ र दर्शनलाई सम्झी हामी आफ्नो थाकेको शरीर लिएर बजारहरुमा, क्याम्पहरुमा, पार्कहरुमा, गएर परमेश्वरको सुसमाचार सुनाउँथ्यौँ, कति समयमा अनिदो बसी नयाँ आत्माहरूको लागि प्रार्थना गरिन्थ्यो। आफूले नखाई अरुलाई खुवाइन्थ्यो, आफु हिँडेर अरुलाई ट्याक्सीमा चढाइन्थ्यो त्यो सजिलो थिएन। पछि सेवा संगति गर्नको लागि पनि कोठा भाडा तिर्न ट्याक्सी र बसको भाडा तिर्न आफ्नै खल्तीबाट खर्च गर्नु पर्थ्यो त्यसको अलावा कति भाइबहिनीहरूलाई मण्डली आउनलाई समेत हामीले भाडा र खानेकुराको पनि व्यवस्था गर्नुपर्ने हुन्थ्यो किनभने कतिजना सिधै उनीहरूको कामबाट संगतिमा आउने गर्दथे। र कति त सेवापछि सिधै आफ्नो काममा जान्थे, यो गर्न अति नै कठिन र गाह्रो थियो।

नेपालमा पनि मण्डली स्थापना गर्नुभएको छ की छैन?
नेपालमा पनि हामीले दुईवटा छोरी मण्डलीहरू स्थापना गरेका छौ र उनीहरू अहिले आफ्नै स्वतन्त्र प्रकारले सेवा संगति गरिरहेका छन।

परिवारमा प्रभुलाई बिश्वास गर्ने को-को हुनुहुन्छ?
परमेश्वरलाई धन्यवाद होस म नै मेरो परिवारको पहिलो विश्वासी हुँ र अहिले आएर मेरो पुरै परिवार प्रभुमा बाँचेको छ र विश्वासमा जिएको छ।

तपाईको बिश्वास(पिता,पुत्र पबित्र आत्मा त्रिएक परमेश्वर) वा अन्य?
हजुर मेरो विश्वास त्रिएक परमेश्वरको अस्तित्व र उहाँको अद्भुत र अदृश्य शक्ति र अपार प्रेममा छ।

तपाईको दर्शन के हो?
यु.ए.ई.को लागि परमेश्वरले दिनुभएको दर्शन, यु.ए.ई. भरि छरिएर रहेका नेपालीहरूको बीचमा परमेश्वरको मण्डली स्थापना गर्नु उहाँको आराधना र सेवा गर्नु,मण्डलीलाई परमेश्वरको अधीनतामा, वचनको आज्ञाकारितामा राख्नु, परमेश्वरको वचनको अधिकार र अख्तियारमा मण्डलीलाई अघि बढाई सत्य परमेश्वरको वचनमा बलियो बनाउनु, पवित्र आत्माको उपस्थितिमा र मण्डलीको जीवनलाई पवित्र राख्नु झुटो शिक्षा जस्ता अन्य कुराहरुबाट मण्डलीलाई जोगाएर यू.ए.ई.मा भएका नेपाली भाषी मण्डलीहरूले एउटै मन र विचारमा प्रभुको सेवा गर्दै जाउन।

सुसामाचार सुनाएर प्रभुमा आएकाहरूको आत्मिकी जीबन र उनीहरूको सेबाकाई कस्तो पाउनु भएको छ?
सुसमाचार सुनाएर प्रभुमा आएकाहरूको आत्मिक जीवन धेरैको सह्रनिय छ, र प्रभुलाई धन्यवाद दिनुनै पर्छ। किनभने उहाँहरूको परिवर्तनशील जीवन देखेर उहाँहरूको परिवार, छिमेकी, समाज र क्षेत्रमा परमेश्वरको ठूलो काम भइरहेको छ र कतिजनले त एकदम आशिषमय र प्रभाबकारी सेवकाईहरू गर्दै आइरहेका छन। प्रभुलाई धन्यवाद होस।

नेपाल फर्किएपछि आगामी दिनहरू कसरी बिताउने लक्ष्य राख्नु भएको छ?
नेपालको लागि परमेश्वरले हामीलाई ठूलो दर्शन दिनुभएको छ। कोभिडको समयम परमेश्वरले म सँग मत्ति १९ को २६ पद देखि बोल्नुभयो,”मानिसले जगत हात पारेर आफ्नो प्राण बचाउन सक्दैन भने उसको लागि के लाभ र उसले आफ्नो प्राणको बदलामा केही दिन सक्छ ?” त्यही दर्शनलाई मध्यनजर गरी हामी स्वास्थ्य सेवाबाट परमेश्वरको सेवा गर्न नेपाल फर्कँदैछौं र त्यो सेवा एउटा त्यस्तो सेवा हुनेछ जहाँ आशा नभएकाहरुलाई आशा दिन र मरिरहेकाहरुलाई परमेश्वरमा जीवन दिलाउन हामीले “आर्क अफ होप” नामक संस्थाबाट परमेश्वरको सेवालाई अघि बढाउन कोसिस गरिरहेका छौं। र अहिले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल अगाडि हामीले भवन निर्माण गरिरहेका छौं र यो भवन को संरचना ७ तल्लासम्मको हुनेछ र सुरुमा हामीले यस सेवालाई आँखाको क्लिनिक दृष्टि सेवा र पछि गएर प्राथमिक उपचार सेवा साथै अन्य सेवाहरुलाई विस्तार गर्दै एउटा सफल अस्पतालको रुपमा परमेश्वरको सेवा पुर्‍याउने छौँ साथै भविष्यका दिनहरूमा पनि अन्य सेवाहरूलाई हामी अगाडि बढाउने जस्तै: वृद्धाश्रम, बाल आश्रम, विद्यालय जस्ता आधारभूत र आवश्यक सेवा उपलब्ध गराउने लक्ष्य राखेका छौं।

नेपालमा सेबाकाई गर्दा आउने सम्भावित चुनौतीहरू के के हुन सक्छन?

नेपाल हाम्रो लागि एउटा चुनौतीपूर्ण र नयाँ सेवकाईको थलो हुनेछ, किनभने हामी धेरै समय लगभग दुई दशक बढी हामीले नेपाल बाहिरनै हाम्रो जीवन व्यतित गरिसकेका छौं र कति समयमा त्यहाँका चलनचल्तीहरू, मानिसहरू र ठाउँ हाम्रो लागि नयाँ हुन सक्छ, साथै सरकारबाटको चुनौती, छिमेकी र समाजबाट एक्लोपनको अनुभूति अवगतनै छ। हामीले सेवकाई गर्दा आउने सम्भावित चुनौतीहरु धेरै देखिरहेका छौं, र पनि परमेश्वरलाई धन्यवाद दिदै र उहाँको वचन र प्रतिज्ञालाई दावा गर्दछौं। उहाँ भन्नुहुन्छ “म तलाई कुनै रितिले त्याग्ने छैन र कुनै अवस्थामा छाड्ने छैन र ढाडस गर मैले संसारलाई जितेको छु।“

बाकी जीबन कसरी बिताउने इच्छा गर्नुभएको छ ?
यो जीवन प्रभुले दिनुभएको हो र मेरो जीवनको पर्यान्तसम्म नै प्रभुको सेवा गर्नपाउँ, भन्ने मेरो परमेश्वरसँगको आन्तरिक प्रार्थना रहेको छ। विशेषगरी सेवाको क्रममा धेरै जनालाई प्रभुमा ल्याउनु र धेरै जनालाई नैतिक रूपमा भौतिक रुपमा र व्यवहारिक पक्षमा पनि अघि बढाउन इच्छा गरेको छु। जसमा स्वास्थ्य, शिक्षा र समाजसेवाको ठूलो पक्ष रहनेछ।

Ark of hope काे लागि 👇️👇️लेखिएकाे Home  मा थिच्नाेहाेस👇️👇️

Home

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved