Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ब्राह्मण धर्मको त्रासदी : बिपुल बिक्रम ” खस “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2024
203

सती जाने विधवा स्त्रीहरूलाई तीन दिन अगाडि देखि निर्जला (पानी सम्म पनि प्युन नपाइने) व्रत लिन लगाइन्थ्याे । सती हुने दिन स्नान गरेपछि साेह्र श्रृङ्गार गराइन्थ्याे र तिनलाई अफिम, भाङ या धतुराे खुवाइन्थ्याे । तीन दिन देखिकाे भाेकाे सतीलाई जब चितामा लगिन्थ्याे तब ती नसामा धुत हुन्थे र कहिले हाँस्ने कहिले रुने र कहिले बर्बराउने र भुइँमा लाेटने गर्दथे । नसाका कारण ती सिथील हुन्थे, शरीरमा बल हुँदैनथ्याे ।

सतीलाई उत्सवको रूपमा मनाइन्थ्यो, सतीलाई चितामा चढाइँदै गर्दा ढोल, नर्सिंहा जस्ता उच्च आवाज निकाल्ने बाजाहरू (जुन युद्धको बेलामा योद्धालाई उत्तेजित गर्न बजाइन्थ्यो) बज्न सुरु हुन्थ्यो जुन अन्तिमसम्म बज्दथ्याे ।सती गएकाे साक्षीका रूपमा आठ दिक्पालका रूपमा आठ ब्राह्मणहरू र थुप्रै आफन्तहरू हरिया बाँस, दाउरा र घ्यु लिएर वरिपरि बस्थे । ती घ्यु चिताकाे अग्नि भयङ्कर प्रज्वलित गर्नका लागि हुन्थे भने हरिया बाँस चै सती भागेमा राेक्न या हानेर बेहाेस बनाई चितामै जलाउनका लागि हुन्थ्ये ।

यसपछि चितामा चढेकी सती पतिकाे शिर काखमा लिएर (सहमरणा) या पतिकाे कुनै चिन्ह काखमा लिएर (अनुगमना) चितामा बस्थिन् । यसपछि छोरा या नजिकका नातेदारले मृतककाे मुखमा मुखाग्नी दिएर चितालाई जलाइन्थ्यो । चिताकाे आगाे जतिजति दन्किन्थ्याे उतिउति बाजाहरू झनझन चर्काे आवाजमा बज्न थाल्दथे, वरिपरि जम्मा भएका मानिसहरू जयकारकाे उँचो आवाज लगाउँथे, ब्राह्मणहरू घ्यू लिएर बसेकालाई चितामा घ्यू थप्न आदेश दिन्थे । आगाे र धुवाँकाे मुस्लोले चिता छेकिन्थ्याे, जयकार र बाजाहरूकाे चर्काे आवाजमा सतीकाे चीत्कार छाेपिन्थ्याे ।

बेलाबेलामा ब्राह्मणहरूले शंखनाद गरेर वातावरणलाई अझ भयावह बनाइदिन्थे । बेलाबेलामा चितामा घ्यू थपिदिँदा आगाे झन् प्रचण्ड हुन्थ्याे, आगाेकाे लप्कामा सतीकाे शरीरको हलचल र क्रन्दन, चित्कारमा अझ घ्यू थपिन्थ्याे, अझ जाेरले बाजाहरू बज्थे, जसले सतीकाे यन्त्रढा र क्रन्दन सुनेर काेही नडराउन् । कुनै सती चिताबाट निस्कन या भाग्न खाेजे तिनलाई हरिया बाँसले हानेर चितामै बसालिन्थ्याे । यसरी सती भएकीलाई देवी समान मानिन्थ्यो, उनको मन्दिर पनि बन्थ्यो ।

समग्रमा सती कार्य अत्यन्त बीभत्स, क्रुर, बर्बरिक, अमानुषिक र हृदयहीन जङ्गली उत्सव सरहकाे हुन्थ्यो । वेद, पुराणका माध्यमले यसलाई धार्मिक र पवित्र कार्य बनाउने ब्राह्मणहरू र तिनका धर्म त्याज्य छ, यसलाई मान्ने मानिस पशु सरह हुन् । यस्ताे घृणित प्रथालाई कानुनी रूपमा बन्द गराउने लर्ड विलयम बेन्टिक, राजा राम माेन राय र चन्द्र शमशेर बन्दनिय र स्तुत्य छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved