रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विक लाई आफ्नै श्रीमानले एसिड आक्रमण गरेको खबर प्राप्त भएको छ ।
पारिवारिक विवादका क्रममा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेको भनाई रहेको छ ।
बायाँ हात र पेटमा एसिड परेको पिडितको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।
सुन पसलबाट एसीड लगेर प्रहार गरेका ४२ वर्षीय अभियुक्त दीपकलाई प्रहरीले पक्राउ गरेर आबस्यक अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई रहेको छ । सुन पसलबाट एसीड लगेर प्रहार गरेको प्रारम्भिक अनसुन्धान बाट खुलेको प्रहरीले बताएको छ ।
