झापा । कतारमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाज कतारले झापाकै दोस्रो ठुलो नगरपालिका दमक नगरपालिकाकि उपमेयर रेगिना भट्टराई प्रसाईंलाई सम्मान गरेको छ ।
कतार भ्रमणमा रहेकी उपमेयर भट्टराई प्रसाईँलाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच बुधबार सम्मान गरिएको हो । उनलाई समाजले सम्मान स्वरुप खादा माला साथै सम्मान पत्र हस्तान्तरण गरेको थियो।
समाजले झापाको दोस्रो ठुलो नगरपालिकाकि युवा जोसजाँगर भएकी उपमेयरलाई सम्मान गर्दा स्थानीय सरकारले गर्नुपर्ने विभिन्न कामहरूलाई सुस्म ढंगमा गर्न हौसला साथै उत्सुकता मिल्नेछ भने अपेक्षाका साथै स्थानीय सरकार भनेको देशकै दोस्रो शक्तिशाली विकास र परियोजनालाई नियालिने निकाय भएकाले स्थानीय सरकारको मेरुदण्डको रुपमा २०७९ मा निर्वाचित उपमेयर भएकोले उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।
त्यसैगरी उनलाई सम्मान गर्दा देश र स्थानीय प्रति माया सद्भाव अमर रहने र प्रेरणाको विकास हुने परिकल्पना गर्दै झापाली समाज कतारले भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरेको छ।
झापाली समाजले विभिन्न किसिमका विपत्ति साथै वैदेशिक रोजगारका लागी कतार आइ दुःख कष्टमा परेकाहरूलाई सहयोग साथै देशमा विपत्ति परेकाबेला आर्थिक साथै सामाजिक सहयोग गर्दै आएको छ ।
