डिकेन्द्र बस्नेत, झापा । दमक नगर ईसाई समाजको आयोजनामा प्रत्येक वर्ष झै यस वर्ष पनि साउन ९ गते ४५ औ वृहत रक्तदान गर्ने भएको छ । समाजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत दमकको रेडक्रसस्थित रक्तसञ्चार सेवा केन्द्रको सभाहलमा रगतदानको आयोजना गरिएको छ ।
ईसाई समाजका अध्यक्ष आकाश थुलुङले भने यस कार्यक्रम कुनै धार्मिक केन्द्रित नभइ मानवीय सेवाको रुपमा बुझ्न जरुरी रहेको छ। हामी सबैले रगत दिनुपर्छ भन्ने उत्तप्रेरणा मिलोस भन्ने हेतुले आयोजना गरिएको बताए ।
दमकको टि टाइम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी धमाधम भईरहेको आयोजक समाजले जनाएको छ । रगतदान भव्य तथा सभ्य रुपले सम्पन्न गर्न समाजका उपाध्यक्ष हेमन्त सुब्बालाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाईएको छ ।
जिल्लामै सवैभन्दा बढी रगतदान गर्ने संस्थाका रुपमा चिनिएको यस समाजले २०५१ सालदेखि नियमित रुपमा रगतदान गरि आएको पूर्व अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुब्बाले कार्यक्रमको तयारी, अध्यक्ष आकास थुलुङ, पूर्वअध्यक्ष राई लगायतले रगतदानको महत्व तथा समाजले गर्दे आएको सामाजिक कार्यहरुका बारेमा चर्चा गरेका थिए । उनीहरुले बर्षायाममा रगतदान नहुदाँ रगतको अभाव हुने गरेकाले रगतको उपलव्धतालाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक सुब्बाले बताए ।
उक्त रक्तदानमा दमक र यस आसपासका ६५ बढी चर्चहरुको सहभागिता रहने जनाएको छ । आयोजकका अनुसार १०० जनाले रगद दान गर्ने अपेक्षा गरेको छ।
