Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापामा लगातार भारी बर्षाका कारण जनजिवन प्रभावित बन्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2024
24 shares

झापा । भारी बर्षासँगै झापामा विभिन्न खोला नदीमा आएको बाढीका कारण जनजिवन प्रभावित बनेको छ । कतिपयस्थानमा डुबान हुँदा सर्वसाधारणलाई अन्य सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम पनि भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज १ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका कूल ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुका घरमा बाढी पसेपछि प्रत्यक्ष प्रभावित भएका हुन् भने आसपास क्षेत्रका बासिन्दा त्रासमा परेका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज १ मा यस बर्षको बाढीका कारण तीन जनाको मृत्यु भइसकेको छ भने एक जना बालक अझै बेपत्ता छन् । झापा २ मा सानो माई खोलामा डुबेर आज एक जना बालकको मृत्यु भएसँगै यहाँ मृत्यु हुनेको संख्या तीन पुगेको हो । आज मृत्यु हुनेमा झापा गाउँपालिका २ का रहमान आलम मियाका ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन । हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । यस अघि सोही ठाउँका एक जना र गौरीगञ्ज १ का एक जनाको मृत्यु भइसकेको छ भने गौरीगञ्ज १ का एक जना १२ बर्षिय बालक कमल बनियानी खोलामा डुबेर वेपत्ता छन् ।

त्यसैगरी रतुवा खोलामा आएको बाढीले कटानको जोखिम बढाएपछि झापाको कमल गाउँपालिका वडा नं ६ खयरबारीमा आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोली प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष राईले सो क्षेत्रमा खोलाको कटानको जोखिम न्युनिकरण गर्न अस्थाई जैविक तटबन्धन ( बाँसको पाइलिङ) का लागि आवश्यक निर्देशन दिएका उनका स्वीकय सचिव रोशन दाहालले जानकारी दिए ।

प्रभावित क्षेत्रमा आवश्यक तटबन्धनका लागि बजेटको व्यवस्था गरिएको हुँदा सो कार्यमा खटिन सम्बन्धित पक्षलाई निर्देशन भएको छ–दाहालले भने । खयरबारी क्षेत्र २०५० को दशक अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । बर्षेनी खोलामा आउने बाढीका कारण खयरबारी र आसपास क्षेत्र प्रभावित हुँदै आएको छ ।

रतुवाका कारण २० बर्ष अघिदेखि विस्थापनमा परेका कैयौं बाढी पीडित परिवारका लागि तत्काल बैकल्पिक बसोबासको व्यवस्था मिलाइएको भएपनि स्थायी बसोबासको लागि जग्गाको स्वामित्व पाउन सकेका छैनन ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved