कृष्ण कुँवर, अबुधाबि। भवानी नेपालको सहयोगमा अबुधाबी-अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा साहित्य समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवशर पारेर साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिले यही जुलाई ३० गते शनिबार अपराह्न ४ बजे भर्चुल माध्यमबाट कविता प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषाबिज्ञ प्रा. डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा हुन लागेको हो।
कार्यक्रममा आदिकवि आचार्यको सम्झनामा विभिन्न रचना वाचन समेत गरिने इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेलले बताईन्।
नेपाली भाषा साहित्यमा योगदान पुर्याएका आचार्यलाई सम्मान स्वरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताइन् ।
इन्सले गतवर्ष पनि भानुजयन्ती विशेष ढंगले मनाएको थियो ।अन्य नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिन, विभिन्न अवसरहरुमा कार्यक्रम गर्दै आइरहेको र असार ३० गते हुने भानुजयन्ती पनि त्यसैको निरन्तरताका रुपमा रहेको इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरिले बताए ।
इन्स नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले सक्रिय संस्था हो जसले सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने गरेको छ ।
