Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘बा’ सँग बालबालिका कार्यक्रम सम्झौता गर्दा आर्थिक अनियमितता भएको आशंका, कार्यसमिति झापाका सदस्यहरुको सामुहिक राजिनामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2024
[webverse_shares]

झापा । झापाको कनकाई बाल सञ्जालले ‘बा’ सँग बालबालिका कार्यक्रम सम्झौता गर्दा आर्थिक अनियमितता भएको आशंका गरेको छ । कनकाई नगरपालिकाले झापा जिल्ला बाल सञ्जालसँग उक्त कार्यक्रम गर्दा भएको आर्थिक सम्झौताको विषयमा सञ्जालले प्रश्न उठाएको छ । उक्त सम्झौता सार्वजनिक गर्न सञ्जालले माग गरेको छ ।

कनकाई बाल सञ्जालको शुक्रवार नगरपालिकाको सभा हलमा गरेको छलफलले उक्त सम्झौता माग गर्ने निर्णय गरेको अध्यक्ष अश्लेषा कँडेलले जानकारी दिइन् । ‘बा’ सँग बालबालिका कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित कार्यक्रम हो । सम्झौता बमोजिम नगरमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ ।

“यो कार्यक्रम गर्दा बाल सञ्जाललाई आधिकारिक खबर आएन । ४ लाख बढी खर्च हुन्छ भनेर पत्रकार सम्मेलन गरेर उहाँहरूले भन्नुभएको थियो,” उनले भनिन्, “आर्थिक स्रोत भने खुलाउनुभएको थिएन । त्यही विषयमा खर्च विवरण माग गर्दा उहाँहरूले कुरा मोड्न खोज्नुभएको छ।”

उनले उक्त कार्यक्रममा कति रकम खर्च भएको हो भनेर पटक–पटक सोध्दा समेत कतैबाट जवाफ नपाएको बताइन् । आर्थिक हिनामिना भएको हुन सक्ने अनुमान उनको छ ।

“नभए उहाँहरूले जानकारी दिनुपर्ने हो । किन लुकाउनुभयो त?,” उनले भनिन् ।

शुक्रवार बसेको छलफलले नगरपालिका र रूपान्तरण नेपालबिच कस्तो सम्झौता भएर बालबालिकाको वडा भेलाहरू सम्पन्न भयो भन्ने प्रश्न समेत उठाएको छ । प्राविधिक सम्झौता भनिएको रूपान्तरण नेपालसँगको सम्झौता हेर्न पाउनुपर्ने विषय उठेको छ । अध्यक्ष कँडेलका अनुसार उक्त सम्झौता सार्वजनिक गर्न निवेदक लेखेर प्रमुख प्रशासकीय अधिकृतलाई माग गर्दा योजना शाखा देखाउने, कहिले बाल सञ्जाल अधिकृतलाई देखाउने काम भएको छ ।

उनले आफूहरूलाई कनकाई नगर बाल सञ्जाल नेपाली कांग्रेस भएछ , भ्रष्टाचार गर्न थालेछ भन्ने घिनलाग्दो आरोप समेत लगाइएको बताइन् ।

“योजना शाखाका जमुना कटुवाल जो सातौं तहको कर्मचारी हुनुहुन्छ उहाँले उल्टै हाम्रो कुरा सुन्नुभन्दा पनि बाल सञ्जाल नेपाली कांग्रेसको भएछ अब त भन्दै आक्रोश पोख्नुभयो,” उनले भनिन्, “बाल सञ्जाल अधिकृत उमानाथ ढकाल सँग सम्झौताको विषयमा बुझ्न गयौँ । उहाँहरूले आफ्नो फोनमा सम्झौताको पहिलो पृष्ठ मात्र देखाउनुभयो ।”

कटुवालले वैशाख २० गते सम्झौता भएको रूपान्तरण नेपालसँगको १ लाख ४७ हजारको आर्थिक सम्झौता बारे जानकारी गराएको उनले बताइन् ।

“प्राविधिक साहयताका लागि सम्झौता भएको कुरा मौखिक भन्नुभयो , लिखित देखिएन । यति मात्र देखाउन मिल्छ अरू प्राविधिक विषय हो भन्दै उहाँहरूले देखाउनुभएन । हामीले पटक पटक सम्झौता देखाउन भन्यौँ,” उनले थपिन् ।

साथै उनले छलफलले बाल सञ्जालको अघिल्लो कार्यकालका लागि भएको सम्पूर्ण आर्थिक विवरण माग गरिएको पनि बताइन् । पटक पटक लिखित रूपमै माग गर्दा पनि छैटौँ समितिले अहिलेसम्म आर्थिक प्रतिवेदन नदिएको गुनासो उनको छ ।

“अभिषेक मिश्र अध्यक्ष हुनुहुन्छ उहाँले छैटौँ र पाँचौँ कार्यसमिति अध्यक्ष भएर चलाउनुभयो । आर्थिक विवरण त्यसको आएको छैन,” उनले भनिन्, “पटक पटक माग्दा पनि भोली पर्सि दिन्छु भन्नुहुन्छ तर दिनुहुन्न ।”

अध्यक्ष कँडेलका अनुसार २०७२ सालमा स्थापना भएको सञ्जाल नगरको आधिकारिक संस्थाको हो । सञ्जालले हरेक वर्ष नगरबाट ५ लाखको बजेट पाउँछ । यो सञ्जाल व्यवस्थापनका लागि हो । नगरका बालबालिका केन्द्रित बजेट भने ४५ लाख रहेको छ ।

“छैटों समितिले कति काम गरेको छ विवरण पाइएन । नगरप्रमुख, बाल कल्याण अधिकारी, उपप्रमुख लगायतलाई सोध्दा समेत हामीलाई विवरण आएन,” उनले अन्त्यमा भनिन् । कँडेलका अनुसार वर्तमान समितिले १२ हजार रूपैयाँ खर्च गरेको छ ।

यस्तै बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले सामुहिक रुपमा छलफल गरिने निर्णयको अभ्यासलाई लत्याएर मनोमानी ढंगले आफू खुशी निर्णय गरेको भन्दै कार्यसमिति झापाका सदस्यहरुले सामुहिक राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा शीतल अधिकारी (कार्यवाहक सचिव), निरञ्जन (मैनाली सह-सचिव), लक्ष्मी गिरी कोषाध्यक्ष र सदस्यहरुमा मनिष बराल, भिमकुमारी बस्नेत,सौगात घिमिरे,किस्मिका पोखरेल र लेलिना गौतम रहेका छन।

३ बुदे असन्तुष्टि राख्दै सामुहिक राजिनामा दिएका हुन , जसमा भनिएको छ :
१) बा सँग बालबालिका कार्यक्रमका सम्पन्न गर्नका लागि सामान्य प्रक्रिया समेत नअपनाएको ।
२) पत्राचार र आर्थिक प्रस्तावहरू नियमसँग नदेखिएकाले गर्दा आर्थिक अपारदर्शिता भएको ।
३) आफू खुशी कार्यक्रम आयोजक समिति खडा गरी आफ्ना निकटतम व्यक्तिहरू चयन गरिएको ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved