डिकेन्द्र बस्नेत, झापा । मिस्टर नेपाल २०२४ को पहिलो अडिसन झापामा सम्पन्न भएको छ। झापाको दमक स्थित फन पार्कमा शुक्रबार सम्पन्न अडिसनमा करिब ३० जना युवाहरूको सहभागिता रहेको थियो। जसमध्ये २ जना अर्को चरणको लागि छानिने भएका छन ।
प्रतियोगिताको जर्जमा समर्पन कार्की मिस्टर नेपाल २०२३, रवि धमला सिइओ मिस्टर नेपाल, नम्रता श्रेष्ठ मिस नेपाल २०२०, रोनक अग्रवाल, बिक्रम आदित्य श्रेष्ठ, मिस्टर नेपाल झापा निर्देशक प्रविण पाठक रहेका थिए।
आयोजक नेक्स्ट मोडल्सअनुसार दोस्रो अडिसन विराटनगर जुलाई ६, तेस्रो जनकपुरमा जुलाई ७, चौथो हेटौँडा जुलाई ८, पाँचौँ चितवन जुलाई ९, छैठाैँ बुटवल जुलाई १०, सातौँ नेपालगन्ज जुलाई ११, आठौँ धनगढी जुलाई १२, नवाैँ पोखरा जुलाई १३, दशौँ काठमाडौँ जुलाई २० मा आयोजना हुनेछ ।
१८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।
यस वर्षको प्रतियोगिता विगतको भन्दा भव्य हुने र त्यसको तयारीमा आफू जुटिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ धमलाले बताए ।
सो प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलावा नगद पुरस्कार र विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।
