By Dikendra
मोरङ । कोशी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले मानिसहरु सचेत र सक्षम भएमा मात्र सबै क्षेत्रको विकास हुने बताएकी छन् ।
गैह्र सरकारी संस्था महासंघ नेपालद्वारा विराटनगरमा आयोजित महिलाको सवाल, चुनौती र अवसरको बिषयमा छलफल कार्यक्रममा पालुङवाले मानव सक्षम भएमात्र सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको विकास र विस्तार भएर जानुपर्ने बताइन् ।
नेपालमा आधा भन्दा बढी महिलाको संख्या भएपनि अझैपनि अधिकांश महिलाा चुलो चौकोमा नै सिमित हुनु परेको उल्लेख गर्दै उनले सहरी क्षेत्रका महिलाको अवस्था ग्रामीण भेगको तुलनामा राम्रो भएको राय व्यक्त गरिन् ।
सो कार्यक्रममा बोल्दै उनले भनिन महिलाहरु आर्थिक रुपले सवल भएर सबै क्षेत्रमा सशक्त ढंगले आगडि बढ्न जरुरी रहेको उल्लेख गरेकि छिन् ।
