Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दस स्थानियतह रहेकाे खाेटाङमा ८५ घर बाढी तथा ४३९ घर पहिरोको उच्च जोखिममा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 4, 2024
9 shares

खाेटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरधुरी तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ ।

प्रहरीले गरेको सर्वेक्षण अनुसार दश स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ घरधुरीको ३२० र पहिरोबाट ४३९ घरधुरीको एक हजार ७६१ जना मानिस उच्च जोखिममा रहेका छन् ।

मनसुन शुरु भएसँगै मातहतका प्रहरी परिचालन गरेर उच्चा जोखिममा रहेका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी तथा डुवानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ । ऐसेखुखर्क गाउँपालिकाको वडा नं. १ राखाबाङ्देल र वडा नं. ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थान र वडा नं. ९ सल्ले तथा केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला र वडा नं. ७ सुङ्देल बाढी तथा डुवानको उच्च जोखिममा रहेका छन् ।

पहिरोको उच्च जोखिममा जिल्लाका दशवटै स्थानीय तहका अधिकांश वडाहरु रहेको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ११ खार्मी र वडा नं. १५ विजयखर्क, ऐसेलुखर्क गाउँपालिकाको वडा नं. ५ जलेश्वरी, केपिलासगढी गाउँपालिकाको वडा नं. ५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाको सबै वडा, बराहपोखरी गाउँपालिकाको वडा नं. २ सुन्तले, वडा नं. ३ साउनेचउर र ४ फाक्टाङ, खोटेहाङ गाउँपालिकाको वडा नं. ६ इन्द्रेणीपोखरी र वडा नं. ७ खोटाङबजार बाहेक सबै वडा पहिरोको उच्च जोखिममा रहेका छन् ।

यस्तै, रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र वडा नं. ३ लामीडाँडा, वडा नं. ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिका को वडा नं. १ याम्खा, वडा नं. ५ सप्तेश्वर छितापोखरी र वडा नं. ६ छितापोखरी रहेका छन् । साकेला गाउँपालिकाको वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. २ रतन्छा, वडा नं. ३ खिदिमा, वडा नं. ४ मात्तिमको आहाले र वडा नं. ५ कात्तिके पहिरोको उच्चा जोखिममा रहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं. ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नं. वडा नं. ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं. ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं. १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका छन् ।

बाढी तथा पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँहरुको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ ।

विपद् आइपरेको खण्डमा उनीहरुलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनहरुमा छ हजार ८५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।

प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई न्यूनिकरण गर्न २४ घण्टे आपतकालीन सेवासमेत शुरु गरेको जनाएको छ । मनसुन शुरु भएसँगै जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाइन सेवा सञ्चालन गरेर २४ घण्टे आपतकालीन सेवा शुरु गरिएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।

उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई समेत आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved