सुनसरी । ल्वागुन प्रतिष्ठान नेपालको आयोजनमा आज धरानमा सम्पन्न बृहत् रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ । रगतको नाता ल्वागुन बन्धुहरुको एकता भन्ने मुल नाराको साथ आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन धरान उपमहानगर पालीकाका उपप्रमुख आइन्द्र बिक्रम बेघाले गरेका थिए ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै ल्वागुन प्रतिष्ठानले एक उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले थप्दै भने समाजमा अझै बिध्यामान रहेको जातिय बिभेदमा पानी नचल्ने लगायतका विभिन्न समस्या भएता पनि रगत सबै धर्म, सबै जाती, बर्ग, र लिङ्गलाई चल्ने चिज भएको आफुले बुझेको हुनाले यो रक्तदान कार्य समय समयमा गरिरहनु पर्ने धारणा ब्यक्त गरे ।
धरान स्थित भानु चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी ल्वागुन बन्धुहरु र धरानबासी दाजुभाई तथा दिदिबहिनीहरुले स्वस्फूर्त रुपमा रक्तदान गरेका थिए । जसमा धरानबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।
ल्वागुन प्रतिष्ठान नेपालको ७ औ स्थापना दिवसको अवसर पारेर अयोजना गरिएको रक्तदान कार्यक्रमले बन्धुत्वको भावनालाइ थप मजबुत बनाउने र भेटघाट हुनुको साथै रगतको अभावमा कसैको ज्यान अकालमा नै नजाओस, रगतको अभावमा कुनैपनि बिरामी छट्पटाउनु नपरोस, बिरामीलाई सहज र शुलभ तरिकाले रगत उपलब्ध गराउन सकियोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष मोहन ल्वागुनले जानकारी दिए । सो अवसरमा रक्तदानमा सहभागी सम्पुर्णलाई प्रशंशापत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रममा धरान वडा नम्बर २ का अध्यक्ष रमेश राई, वडासदस्य बोना ल्वागुन शंकर, प्रदेश सभा सदस्य उमिता बराइली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागी रहेको कर्यक्रमको प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरान शाखाको रहेको प्रतिष्ठानका कार्यसमिती सदस्य कुशल ल्वागुनले जानकारी दिए ।
