झापा । दमक नगर इसाई समाजको आयोजना तथा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको सहकार्यमा औषध दुरुपयोग तथा अवैध ओसारपोसार सम्बन्धि जनचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
दमक नगरपालिका ५ स्थित रे अफ होप मण्डली दमकको सभाहलमा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता तथा दमक नगर ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङको अध्यक्षता रहेको थियो।
कार्यक्रमको विशिष्ट अतिथिमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी बरिस्ठ नायव निरिक्षक कृष्ण कुमारी अधिकारी त्यसतै अतिथिहरुमा प्रहरी नायव निरिक्षक चन्द्र कुमार श्रेष्ठ, पत्रकार अनिलदेव राई, डिकेन्द्र बस्नेत लगाएत ईसाई समाजमा आबद्ध रहेका ३५ वटा मण्डलीहरुका पास्टर, अगुवा र विस्वासीहरुको उत्साहजनक सहभागीता थियो ।
प्रहरी बरिस्ठ नायव निरक्षक कृष्ण कुमारी अधिकारीले दुर्व्यसनी बिरुद्ध आमाहरु कार्यक्रम मार्फत लागू औषध सेवनले गर्दा के हुन्छ र यसले पुर्याउने असरहरु, तपाईं हाम्रा छोराछोरीहरु कसरी कुलतमा फस्ने गर्छन, दुर्वयसनमा लागेको कसरी थाहा पाउन सकिन्छ, आमा अथवा अभिभावकले के गर्ने, सचेतना बढाउन आफुले जाने बुझेको कुरा आफ्नो टोल र छिमेकीलाई बताउनु पर्ने, असल बुबाआमा कसरी बन्ने, लागु पदार्थ सेवन, विक्रि वितरण, ओसारपसार, उत्पादनबारे नेपालको कानुनले के भन्छ । दण्ड सजायको हकमा १ महिनादेखि जन्म कैदसम्मको जरिवाना कानुनी कार्बाहि हुने बताएकी छिन।
कार्यक्रमको औचित्य बारे समाजका सल्लाहकार पास्टर राजकुमार राईले भने यो विषय हेर्दा सजिलो देखिन्छ तर त्यति नै गहिराई पनि छ भन्ने लाग्छ। यस विषयमा हाम्रो पनि एउटा जिम्मेवारी छ है भन्ने बोध गर्दे समाजले कार्यक्रमको आयोजना गरिएको हो । लागू औषध भनेको रास्ट्र कै गहन समस्या रहेको पाउछौ यसले सिङ्गो समाजलाई नै असर गरेको छ। हाम्रो परिवार, समाज र चर्च पनि अछुतो छैन । यो समस्या सबैको साझा समस्या हो ।
कार्यक्रमको सञ्चालन ईसाई समाजका सचिव पास्टर अजय पाठकले गरेका थिए भने समापनको प्रार्थना समाजका अध्यक्ष थुलुङले गरे।
