डिकेन्द्र बस्नेत, झापा । झापाको गौरीगनञ्ज र कमलमा चट्याङ लागेर दुई जनाको मृत्युु भएको छ । गौरीगञ्ज ३ ठेकिटोलामा आज बिहान करिब पौने ९ बजे अचानक परेको चट्याङले स्थानीय सिताराम दाहालको खेतमा काम गरिरहेका गौरादह ८ का ४२ बर्सिय लिला भनिने बिकास गिरीको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी बिहान ७ बजे कमल गाउँपालिका २ समयगढमा चट्याङ लागेर सो ठाउँका ४६ वर्षिय राजन खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी कृष्ण चन्दले जानकारी दिएका छन । खडकालाई चट्याङ लागेपछि उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
