डिकेन्द्र बस्नेत, झापा । सिरहा चर्चका ईसाईहरु शनिबार सधैं झै आफ्नो आस्था अनुसार चर्चमा आराधना गरिरहेको समयमा हिन्दू सम्राट सेनाका केही अराजक समुहले चर्चमा आएर तोडफोड गर्नुका साथै धर्मगुरु महेश्वर प्रसाद मुखियामाथि कुटपिटसमेत गरेका छन।
सिराहा नगरपालिका वार्ड नं १ मा रहेको सिराहा चर्चमा असार १ गतेका दिन सेवकाई गरिरहेको अवस्थामा चालिस पैतालिस जनाको समूहमा आएका हिन्दू सम्राट सेनाले पास्टर महेश्वर प्रसाद मुखियामाथि आक्रमण गरेका छन् । सो घटनाका कारण उनको कानमा गम्भीर असर पुगेको छ ।
पास्टर मुखियाको अनुसार, “चर्चमा संगती चलिरहेको अवस्थामा ११ बजेर बीस मिनेट जाँदा अचानक ४० / ४५ जनाको समूहआएर बादबिवाद गर्न सुरुभयो । उनले भने, हामीलाई घेराबन्दिगरी अभद्र ब्यवहार गर्दै अरु बिश्वासीहरुलाई गालीगलौज गरे, मलाई पिटे र लात समेत हाने, मेरो बृद्धा आमाको दाँत भाँचि दिए र बहिनीहरुको मुख निचोडी दिए । अबदेखि यहाँ तिमीहरु संगती गर्न नआउनु भन्दै धम्कि दिए । हिन्दू सम्राट सेनाहरु सिराहा, सर्लाही, रौतहटबाट आएको मुखियाको भनाइ थियो ।
करिब पन्ध्र वर्ष अघिदेखि सिरहा चर्च सञ्चालनमा आएको छ । सोहि हिन्दू सम्राट समुहले २०८० मंसिर महिनामा सिरहा बजारमा सेवा गर्दै आएको कोठामासमेत त्यँहा पनि सार्वजनिक शान्ति भंग गर्ने खालका क्रियाकलाप गरेका थिए । उनिहरुले कोठा भाडामा ख्रिस्टियनहरुलाई नदिन घरका मालिकलाई धाकधम्कि दिएका थिए। त्यसकारण उनिहरु पास्टर मुखियाको घरमा प्रार्थना गर्दे आएका हुन ।
वडा अध्यक्षलाई घटनाको विषयमा कुरा राख्दा समन्वय गर्नुको सट्टा बरु केही समय चर्चको गतिविधि नगर्न भनेका छन । घटनाको विषयमा बुझ्न वडा अध्यक्ष महेश यादवले (पिङ्कु) बोलाएर हाम्रो वडा नं १ मा चर्च हुनु हुदैन भन्ने अभिव्यक्ति दिएका छन । सार्वजनिक जग्गा जुन प्रयोगमा छैन चर्चको लागि दिन वडालाई अनुरोध गर्दा चुपचाप बसे र पछि हामीसँग अधिकार नभएको भन्दै अस्वीकार गरेका थिए।
शान्ति सुरक्षाको माग गर्दै सिरहा ईसाई समाजले जिल्ला प्रशासन कार्यलय र प्रहरीका प्रमुख एसपीलाई पत्र बुझाएका छन ।मुखियाको अनुसार विज्ञप्ति बुझाएर घर फर्किन साथ करिब ४०/५० जनाको समुहले फेरि घरमा आएर चर्चमा भेला भएर संगति गरेमा नराम्रो हुने चेतावती दिए साथै होहल्ला र गालिगलौज गरेका छन । उनिहरुको सोच भनेको संगति गर्न नदिने उनिहरुको अडान छ। मुख्यतः त्यहींको केही स्थानीय केटाहरुको पहलमा उक्त समूह भित्रिएको जानकारी दिएका छन ।
कुटिपुटि सम्बन्धि घटनाबारे उनले भने हामीले परमेस्वरमाथीको विश्वास र प्रार्थना संगति जस्तोसुकै अवस्थामा नछाड्ने , गाउँको मान्छेहरु पनि उस्काएर चर्चको गतिविधि गर्न नदिने , हाम्रो टोललाई बिगार्यो र हाम्रो टोलभन्दा बाहिर रहेर गरोस् भन्ने उनिहरको विचार हो । त्यसकारण उनिहरु संगती गर्न नदिन बारम्बार आउने गर्छन् ।
उनिहरुले घरमा आएर कुटपिट गर्छ भने, विशेषगरी त्यसतो किसिमको घटना नहोस् । किनभने हामीले आफ्नो आस्थामाथि विस्वास गरेको परमेस्वरलाई प्रार्थना , आराधना गरेका छौ । उनिहरले पनि पुजाआजा गर्ने पाहुनालाई बोलाएर खुवाउने गर्छन। त्यसैले कसैले कसैलाई नरोकोस। यो त हाम्रो मौलिक अधिकार हो साथै हामी संविधान भन्दा बाहिर रहेर यस्तो किसिमको कार्य नगरौं । कतिचोटी मान्छेहरुले उस्काको र अरुको बहकाउमा आएर कसैले यस्तो गरौं उस्तो गरौं भनेको भरमा आएको देखियो जो चै समाजमा द्वन्द्व र हिंसा निम्त्याउने समूह थिए त्यहाँ मैले त्यसतो कोही पनि शिक्षित र बौद्धिक बर्गका मानिस देखिन ।
उक्त समुहले केही समय अगाडि सिरहा वडा एकबाट करिब ५ किलोमिटर दुरिमा रहेको बिलिभर्स चर्चको स्कुलमा सरस्वति पुजा गर्नुपर्छ भनि जबर्जस्ती गरेका थिए।
शान्ति सुरक्षा तथा कारवाही गरी पाउँ भनि सिरहा ईसाई समाजको विज्ञप्ति
प्रस्तुत विषयमा सिराह जिल्ला सिराह नगरपालिका वडा नं. १ मा मिति २०८१/०३/०१ गते शनिवारका दिन विहानको करीब ११.१५ बजेको समयमा हरेक शनिवार खीष्टियन आस्था अनुसार धार्मिक कार्यविधिको अभ्यास बमोजिम भक्तजनहरु संगति आराधना गरिरहेको अवस्थामा हिन्दु सम्राट सेनाको केन्द्रीय अध्यक्ष भन्ने राजेश यादवको नेतृत्वमा करीब ४० जनाको टोली लिएर ऐजन ठेगानामा बस्ने यसै गाउँका अन्दाजी बर्ष ४५ को ओमप्रकाश यादव सहितले आराधना स्थलमा जवरजस्ती प्रवेश गरी ऐजन ठेगानामा वस्ने स्थानीय पाष्टर महेश्वर प्रसाद मुखिया र अन्य सदस्य भक्तजनहरुलाई बन्दी बनाएर अभद्र व्यवहार, अमानवीय, अमर्यादित गतिविधि सहितको दुर्व्यवहार, अपशब्द, कुवचन, कुटपिट, गालीगलोज, धार्मिक पवित्रशास्व बाइबल खोसेर च्यातेको, डर त्रास देखाएको र आराधना संगति नगर्न धम्की समेत दिएको, बाद्यवादन गिटार फुटाएको र अन्य भौतिक क्षति पुर्याएको, अनुमति विना आराधना स्थलमा प्रवेश गरी जबरजस्ती भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरी अरुलाई पनि भड्काउने जस्ता कार्य गरेको प्रति घोर भत्सर्ना र निन्दा गर्दछौं। यसकासाथै हिन्दु सम्राट सेनाको केन्द्रीय अध्यक्ष भन्ने राजेश यादवको नेतृत्वमा करीब ४० जनाको टोली लिएर ऐजन ठेगानामा बस्ने यसै गाउँका ओमप्रकाश यादव लगायतको कुटपिटले स्थानीय पाष्टर महेश्वर प्रसाद मुखियाको कानमा चोट लागेको र एक जनाभक्तजनको दाँत भाँचिएको छ । यस घट्नाले अल्पसंख्यक धार्मिक समुदाय विशेष गरी सिङ्गो इसाई समुदायको धार्मिक भावनामा आघात पुर्याएको छ । सामाजिक, सास्कृतिक सहिष्णुता र सद्भावलाई खल्बल्याउने कृयाकलाप प्रति सिराह जिल्ला खीष्टियन समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधानमा धारा ३ मा नेपाल बहुधार्मिक राष्ट्र र धारा ४ मा नेपाल धर्म निरपेक्ष राज्य उल्लेख गरेको छ । संविधानले प्रदत अधिकार बमोजिम बहुधार्मिक राष्ट्र नेपालले धर्म निरपेक्ष राज्य अंगिकार गरेको र नेपालको सविधानको मौलिक हक अन्तर्गत विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र धार्मिक स्वतन्त्रता बमोजिम धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने अधिकारको व्यवस्था छ । त्यसै बमोजिम आफ्नो आस्था अनुसार धार्मिक अभ्यास स्वतन्त्र रुपमा गर्न पाईन्छ। नेपाल बहुधार्मिक राष्ट्र हो।

सिरहा ख्रिस्टियन समाजकका संस्थापक तथा कार्यवाहक अध्यक्ष सुरेशकुमार योञ्जनको भनाई : यो घटना चै मुख्य व्यक्तिगत रिसिबि र धार्मिक रुपमा पनि समेटिएको देखिन्छ । त्यो सँगसँगै त्यस ठाउँमा यादव जातीका समुहको बाहुल्यता र उहाँचै मुखिया हो। हातपात गर्नेको गुनासो चै उसको भतिजलाई ख्रिस्टियन बनाएको भन्ने कुरा छ। तर दुवैजना क्लासमेट हुन। यसरी घरमा अचानक सो समुहले आएर यो घटना घटनको लागि निकै लामो वर्क आउट गरेको देखिन्छ । सबै कुरालाई जोडेको छ। त्यो भाइको पीडा कसैले नभुझेको यद्यपि उनको छिमेकीले पनि साथ नदिएको अवस्था छ उनिहरु डरमा देखिको छ। उक्त समुहले मलाई पनि धम्कि दिन खोजेको थियो । व्यक्तिगत रिसिबिलाई धार्मिक रुपमा बनाइएको छ कसरी उनलाई हटाउने कुरालाई उनले सो समुहको सहयोगमा घटना घटाइएको हो।
यो विषय भनेको केबल सिरहा जिल्लामा भएको एउटा मण्डलीलाई मात्रै नभएर सम्पूर्ण नेपालभरिकै मण्डलीको मुद्दा हो । एउटा मण्डलीलाई आक्रमण गर्नु भनेको हामी नेपाली ख्रिस्टियनहरुलाई आक्रमण गर्नु सरह हो । नेपालको संविधान २०७४ ले दिएको हाम्रो बहुधार्मिक बहुजाती, बहुसांस्कृतिक बहुभाषिकलाई पनि उछिनेर यो प्रकारको प्रहार हुुनु भनेको राम्रो होइन। हामी सम्पूर्ण नेपाली ख्रिस्टियनहरुमा अझै पनि एकताबद्वता भएर यसको विषयमा हामीले स्थानीय सरकार देखि लिएर माथिल्लो सरकारसम्मा पहल र लबिङ गर्नु देखिन्छ । विभिन्न संगठन आएर चासो दिनु भन्दा पनि पिडकहरुलाई न्याय दिनका लागि लबिङ गर्नु चै मूख्य विषय हो । सरकारले हामी नेपाली नागरिकलाई दिनुपर्ने अधिकार अनुसार शान्ति सुरक्षाका लागि जुन शान्ति सुरक्षा पाउ पनि गृहमन्त्रालयबाट सञ्चालित जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र त दिइसकेका छौ। अब त्यो राजनीतिक र धार्मिक दबाब नै भएको खण्डमा त केही गर्न सक्दैनौं । त्यसलाई फलोप गर्न मानवअधिकार र अन्य व्यक्तित्वहरुले पहल गर्नु भयो भने आज एउटा पास्टरले कुटाइ खाएको र भोलि अर्को पास्टरले पिटाइ खाने सम्भावना देखिन्छ। यसलाई तुरुन्तै मानवअधिकारको क्षेत्रबाट हुन्छ कि , केन्द्रिय स्तरबाट पहल गर्नु भएर सुरक्षित महशुस गर्न पाए हामीले गरेको हाम्रो आस्थालाई निरन्तर अगाडि बडाउन सकिन्थ्यो र मण्डलीले पाएको अधिकार आराधना, प्रार्थना संगति गर्न गर्न ठुलो अवसर मिल्थ्यो भन्ने लाग्छ ।
उनिहरुले जुन आक्रमण गर्यो नि त्यो पास्टरलाई मात्रै होइन उहाँको आमा पनि दातहरु पनि भाचेका छन। चर्चका हामी धर्मालम्विहरु चाहे त्यो हिन्दु होस, मुस्लिम, बुदिस्ठ होस चाहे ख्रिस्टियन होस । नेपालको संविधानले दिएको हाम्रो आफ्नो धर्मप्रति मान्न अधिकार छ, आफुले आस्था गरेका हाम्रो आफ्नो धर्मका आस्था राख्न स्वतन्त्र रुपमा मान्ने अधिकार दिएको कारण । स्थानीय रुपमा भएका ती को हुन हिन्दू सम्राट जो भएपनि तिनिहरुले बुझ्नुपर्छ धार्मिक मानिसले कहिले पनि झैझगडाहरु गर्ने कुरा होइन, हामीले सद्भाव कायम गर्नुपर्ने हो । यसरी धर्मको नाममा र धर्मको आडमा कसैलाई शुत्रुको निमुठ पार्न होइन। हामीलाई समाज र गाउँको आवश्यकता पर्छ। उ पनि नेपाली नागरिक हुन। सबै एकआपसमा मिलेर रहनुपर्छ भन्ने सन्देश छ।
करिब २५ वर्षदेखि वकालत गर्दे आउनुभएको अधिवक्ता पिकम राईको भनाइ : सिरहा नगरपालिकाको चर्चमा भएको चर्चमाथीको हिन्दु सम्राट् सेनाले गरेको आक्रमण अत्यन्तै निन्दनीय र खेदपुर्ण कुरो हो । जुनसुकै समूह होस कुनैपनि धार्मिक स्थलमा गएर यो प्रकारको भौतिक रितिमा तोडफोड गरिकन भौतिक क्षति गर्ने र त्यस पास्टरमाथी हातपात गर्ने, कुटपिट गर्ने समेत दण्डनिय छ कानुनले यस्तो कुरालाई निषेध गरेको छ। तर यो कुरालाई वास्ता नगरिकन सामान्य कानुनको समेत पालना नगरिकन यसरी चै धार्मिक आस्था राख्ने क्षेत्रमा गएर, स्थानमागएर , भौतिकरितिमा यसरी तोडफोड गर्ने, दुःख दिने, कुटपिट गर्ने संरचना भत्काउने कार्य चै संविधान र कानुन बमोजिम दण्डनिय छ। किनभने संविधानले सर्वप्रथम हामीलाई धार्मिक स्वतन्त्रताको हक भन्ने संविधानको धारा २६ ले व्यवस्था गरेको छ। संविधान धारा २६ को उपधारा १ मा कुनै कुनै पनि धर्मको व्यक्तिले आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण हुनेछ भनेर प्रत्याभुति गराको छ।
त्यसतै नेपालको मुलुकि अपराध संगिता दफा १५५ मा धार्मिक स्थल वा पवित्र मानिएको कुनैपनि स्थानमा क्षतिपुर्याउने नियतले कुनैपनि समूह, वर्ग वा व्यक्तिले कार्य गर्छ भने त्यो चै कानुनबमोजिम दण्डनीय मानिकन ठहर गर्छ र त्यसलाई ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था भएकोले गर्दा सो बमोजिम त्यो व्यक्तिलाई सजाय पनि हुन्छ र उसलाई जरिवाना र कैद दुवै हुने व्यवस्था कानुनमा छ। त्यसअर्थ जुनसुकै धार्मिकस्थल होस जुनसुकै आस्था राख्ने ठाउँमा यस्तो कार्य गर्नु हुदैन। यो सिरहा नगरपालिका चर्चमा भएको यो प्रकारको घटना चर्चमा मात्रै नभएर पछिक जुनसुकै धार्मिक स्थल, जुनसुकै मठमन्दिरमा पनि हुन सक्ने प्रबल सम्भावना यो घटनाले देखाएको छ। यस्ता कुरालाई नेपाल सरकारले अविलम्ब र रोक्नुपर्छ । त्यसता प्रकारका व्यक्तिलाई तुरुन्त कानुनद्वारा कार्बाहि गरिनुपर्छ । त्यो प्रकारको माग सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ।
चर्चहरुमा तोडफोड र कुटपिटको घटनाबारे सिरहा ईसाई समाजका कोषाध्यक्ष अमित थापा : संगति गरिरहेको समयमा हिन्दु अतिवादीहरुले बेला एक्कासि हातपात गरेका छन। पहिला देखिनै मानसिक टर्चर गरिरहेको भन्ने सुन्नमा आएको छ। तराई भेगमा ख्रिस्टियन समुदायका मानिसहरुलाई धम्काउने, कुटपिट गर्ने जसता घटनाहरु घटिरहेको छ। यस विषयमा सम्बन्धित निकायहरुले हेरिदिनु पर्यो, हरेक चर्चहरुमा शान्ति सुरक्षा दिनु आवश्यक रहेको छ। यस्तो खालको घटनाहरु चै दादागिरी र हेपा प्रवृत्तिको रुपमा देखिन्छ ।

