डिकेन्द्र बस्नेत, झापा । कमल गाउँपालिका ईसाई समाजको समन्वयमा कमल गाउँपालिका वडा नं ४ मा रहेको ज्योती चर्चमा “ लिभिङ अन द एज ” जिउनुको कला सम्बन्धि तालिम आज सम्पन्न भएको छ।
कार्यक्रम एल्डर मोशा थापा मगरको प्रार्थनाबाट शुरू गरिएको थियो। तालिममा करिब ४० जना कमल गाउँपालिका ईसाई समाजमा रहेका मण्डली र छिमेकी समाजबाट पास्टर, एल्डर, डिकन, डिकनेस र युवा अगुवाहरुको सहभागी थियो।
सो तालिमको सहजकर्ता एन सी एफ नेपाल कोशी प्रदेश अध्यक्ष पास्टर गंगा बहादुर मगर, एन सी सी झापा जिल्ला टीम लिडर पास्टर नेत्र आचार्य हुनुहुन्थ्यो। पहिलो सेसन पास्टर नेत्र आचार्यले मनोवृत्ति, स्रोत र ईश्वरशास्त्र बारे साथै यस अन्योलपूर्ण युगमा जीवित रहनलाई उपयोगी शिक्षाहरु मार्फत सिकाएका थिए।

त्यसै गरी दोस्रो सेसन पास्टर मगरले जिउनुको कला कठिनाइको समयमा हामीले आफ्नो परिस्थितिमा परमेश्वरको दृष्टिकोण प्राप्त गर्नुपर्छ, आफ्नो भविष्यमा परमेश्वरको दृष्टिकोण प्राप्त गर्नुहोस्, र तपाईंको प्रेरणामा परमेश्वरको दृष्टिकोण प्राप्त गर्नुपर्ने कुरालाई प्रभावशाली रूपमा सिकाए।

अन्तयमा तालिमका सहभागी पास्टर बिर बहादुर तामाङले तालिमबाट प्राप्त भएको शिक्षा र चुनौतीलाई आत्मासाथ गरी वर्तमान व्यक्तिमुखी सेवाकाई र चर्चमुखी सेवाकाईलाई फराकिलो ढंगले लानु पर्ने सोंचको विस्तार गर्न टेवा मिलेको बताएका छन।त्यस्तै आर्कि प्रशिक्षार्थी अनुग्रह तामाङले आफू मात्र बाँच्ने होइन तर फस्टाउँदै जानु पर्ने प्रभावकारी शिक्षालाई आत्मा साथ गर्ने प्रतिबद्धता गरिन ।
तालिमको संचालन समाजका सहसचिव पास्टर दीपक राईले गरेका हुन भने कार्यक्रमको समापन प्रार्थना समाजका सल्लाहकार सदस्य एवं वरिष्ठ पास्टर भिक्टोर सुनुवारले गर्नुभएको समाजका सचिव धिरज राईले जानकारी दिएका छन।

