Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकीकृत समाजवादीको १०औं महाधिवेशन लक्षित क्षेत्रीयस्तर विचार विमर्श कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2024
15 shares

डिकेन्द्र बस्नेत, झापा । एकीकृत समाजवादी जिल्ला कमिटी झापाले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी झापामा निर्वावन क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

यहि असार १६ गतेदेखि २९ गतेसम्म काठमाण्डौंमा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली बिशेषताको समाजवादी कार्यक्रमसहित तीनवटा मस्यौदा दस्तावेजहरु प्रस्तुत हुनेछ । सो मस्यौदा दस्तावेजहरुमाथी पार्टी केन्द्रिय कमिटीले देशभरीका जिल्ला कमिटी मातहतका निर्वाचन क्षेत्र र पालिका कमिटीमा छलफल तथा अन्तरक्रिया भइरहेको छ ।

झापा क्षेत्र नं ४ र ५ क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा शनिबार शिबसताक्षी नगपालिकाको झिलझिलेमा मस्यौदा दस्तावेजहरुमाथि बिचार बिमर्श सम्पन्न भएको छ । जिल्ला कमिटी झापाका उपसचिव तथा शिबसताक्षी नगर अध्यक्ष नबिन इजमको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

कमल गाउँकमिटी अध्यक्ष होमबहादुर बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिबसताक्षी नगर सचिव शान्तिराम न्यौपानेले गर्नुभएको थियो ।

झिलझिलेस्थित किराँत भवनमा आयोजित बिचार बिमर्श कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्वमाननीय नारायणसिंह राजवंशीले १०औं महाधिवेशनले नेपालका कम्युनिष्ट पार्टीहरुको नेतृत्व गर्नसक्ने नीति तथा कार्यक्रम, योजना, बिचार र सिद्धान्त बनाइनु पर्नेमा जोड दिनुभयो । नेता राजवंशीले नेपालमा कम्युनिष्ट पार्टीहरुको नाम थुप्रै भएको र तिनको केही विशेषता कम्युनिष्ट मात्रै भएको तर बिचार, सिद्धान्त र व्यवहारमा कम्युनिष्ट नभएको जिकिर गर्नुभयो ।

लामो समय झापाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको र हाल उमेरसंगै स्वास्थ्यको कारण चाहेर पनि गर्न नसकिरहेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले एमालेबाट बिद्रोह गरेपछि नेकपा (एकीकृत समाजवादी) गठन गरेको र त्यस पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको मान र प्रतिष्ठा जोगाउन प्रयास गरिहेको बताउनुभयो । समाजवादको आन्दोलनको नारा बोकेर मात्रै नहुने बताउनुहुँदैं नेता राजवंशीले कृषिलाई आधुनिकरण र प्रविधिसहित बनाएर खाली रहेको जमिनको प्रयोग वा उपभोग गर्न जोड दिनुभयो ।

सो बिचार बिमर्श कार्यक्रममा सहभागिहरुको तर्फबाट प्रकाशचन्द्र गौतमले मस्यौदा दस्तावेजहरुमाथि सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य जनार्दन उप्रेती, मणी भण्डारी, अम्बिका उप्रेती, प्रदेश सदस्य तथा दमकस्थित युनिक कलेजका प्रमुख शान्तिराम आचार्य, पार्टी जिल्ला कमिटी सचिव बिपी भट्टराई, कार्यालय सचिव पशुराम शंकर, युवा संघ नेपालका केन्द्रीय सदस्य नारायण राजवंशी, समाजावादी प्रेष संगठन केन्द्रीय सदस्य अनिल देव राई, प्रेष संगठन झापा उपाध्यक्ष गोविन ल्वागुन, युवा संघ झापाका नेता प्रतिक राजवंशी, एकीकृत समाजवादी निकट आदिवासी जनजाति संघ झापाका नेता सन्तोष इजम, पार्टी झापाका नेता सोमनाथ गुरागाई, हरिप्रसाद नेपाल लगायतको उपस्थिती थियो ।

महाधिवेशन प्रतिनिधि चयनका लागि असार ५ गते निर्वाचन क्षेत्रको निर्वाचन प्रकृया हुने भएको छ । निर्वाचन प्रकृयाका लागि क्षेत्र नं ४ मा सोमनाथ गुरागाईको संयोजकत्वमा र क्षेत्र नं ५ मा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved