Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरको बजेटबारे उपमेयर भट्टराईद्वारा पत्रकारहरुसँग अन्तरक्रिया

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 15, 2024
15 shares

डिकेन्द्र बस्नेत, झापा । दमक नगरपालिकाकी उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाइँले आर्थिक बर्ष २०८१ -८२ को वजेटका सन्दर्भमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरेकी छिन् । उनले बजेट तथा योजनाहरुको छनोटका लागि वडा वडाका टोल बस्तीहरुमा भेला भइरहेका बेला बजेट निर्माणको सन्दर्भलाई लिएर पत्रकारहरुसँग अन्तरकृया गरेकी हुन् ।

यस किसिमको छलफलले थप सहयोग पुग्ने विश्वास उपप्रमुख भट्टराईको छ। उनले पत्रकारहरुसँगको अन्तरक्रियामा पत्रकारहरुले स्थानीय सरकारलाई संविधानतः सञ्चार नीति ल्याएर समग्र सञ्चार जगतलाई सम्बोधन गर्न उपप्रमुख भट्टराईको ध्यानाकर्षण गराए ।

पत्रकारहरुले स्थानीय सरकारलाई योजना तथा बजेट, कार्यक्रमहरु टुक्रे खालका नल्याई ठोस उपलब्धि हुने किसिमका योजनाहरु ल्याउन सुझाव दिएका छन । उनीहरुले नगरपालिकाको आन्तरिक आम्दानीका स्रोतहरुको भरपुर उपयोग गर्न, विभिन्न व्यवसायिक पसल कवलहरुको भाडा सम्झौता पुनरावलोकन गरेर बिचौलिया राज हटाउन, तालिमका नाममा भइरहेको फर्जी खर्चलाई कटौती गर्न, खोला नदीहरुको गिटी , बालुवा निकासीको ठेक्का पारदर्शी ढंगबाट लगाउन, अमानतमा राजश्व संकलन बन्द गरी पारदर्शीता प्रस्तुत गर्न, यहाँका ठुला र महत्वपूर्ण योजनाहरुलाई परिणाममुखी बनाउन तर्फ स्थानीय सरकार अग्रसर हुनुपर्ने लगायतका सुझावहरु राखेका छन् ।

अन्तर्क्रियामा उपप्रमुख भट्टराईले सबै वडाहरुलाई बजेटको सिलिङ वितरण गरिएको र सोको आधारमा वडाहरुलाई योजना तथा कार्यक्रमहरु पेश गर्न सुझाइएको पनि बताइन् । नगरका विविध बिषयहरुमा नागरिकस्तरबाट उठिरहेका गुनासा र जिज्ञासाहरुको समाधान गर्ने गरि बजेट तथा कार्यक्रम ल्याइने, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिने पनि उपप्रमुख भट्टराईले सार्वजनिक गरिन् । उनले यस बर्ष सबै वडामा सुत्रका आधारमा बजेट विनियोजन गर्ने जनप्रतिनिधिहरुबीचको सहमति भएको र वडामा जाने बजेटको आकार बढाइएको पनि अन्तरक्रियामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved