डिकेन्द्र बस्नेत, झापा । जीवन चक्र समाज नेपाल सम्बद्ध आस्था कलेज युनिटले दमकमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । झापाको दमक ४ मा रहेकाे आस्था कलेज युनिटले आज बिहान आयाेजना गरेकाे रक्तदान कार्यक्रममा प्रमुख अतिथि कलेज अध्यक्ष बलभद्र कोइराला, कलेज प्रमुख टेकनाथ भण्डारी, विशिस्ठ अतिथिमा जीवन चक्र समाजका उपाध्यक्ष बेनुराज प्रसाई, अनुशासन संयाेजक बासु काफ्ले त्यसतै दमक रेडक्रस उपसाखा रक्त संचार प्रमुख शिद्धार्थ दाहाल र अतिथिहरुमा टंक सिटौला, राजेन्द्र अधिकारी, केदार पौडेल, खगेन्द्र दुलाल, सुरेन्द्र भण्डारी लगाएतको उपस्थिति रहेकाे थियो ।
रक्तदानमा ४० पिन्ट रगत संकलन भएकाे छ, रक्तदान गर्नेमा १५ जना महिला र २५ जना पुरुष रहेको कार्यक्रम संयाेजक पुजा चाम्लागाईंले जानकारी दिइन।
सामाजिक क्षेत्रमा सक्रियता देखाउदै आएकाे दमक ४ मा रहेकाे आश्था कलेजमा बिधार्थीहरुकाे एक टिमले केही समय अघि दमककाे सक्रिय संस्था जीवन चक्र समाज नेपालकाे युनिट स्थापना गरेका थिए । साे युनिटले कलेज लगायत विभिन्न सार्वजनिक स्थलमा सचेतना मुलक कार्यक्रम गर्दै आएकाे कलेज प्रमुख भन्डारीले जानकारी दिएका छन । साे रक्तदान कार्यक्रम दमक रेडक्रस साेसाईटी उपशाखाकाे प्रबिधिक सहयाेगमा सम्पन्न भएकाे छ।
