Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोली म पनि ज्येष्ठ नागरिक बन्छु भन्ने नभुलेर बुवा आमाको सेवा गरौँ: महिला मन्त्री चौधरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2024
[webverse_shares]

कावासोती। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ ।

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताउनुभयो । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको छ, मन्त्री चौधरीले भन्नुभयो, ‘त्यो कुराको अन्त्यका निम्ति सबै पालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनपर्छ । त्यहाँ उनीहरू आ-आफ्नो अनुभव साटासाट गर्छन् । जसले गर्दा उनीहरूको रिफ्रेसमेन्ट हुन्छ र उसको बाँच्ने उमेर केही वृद्धि हुन सक्छ ।’

पालिका आफैँले पनि ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रहरू निर्माण गर्न सक्ने उहाँको भनाई थियो।

दिवा सेवा केन्द्रमा आएर ज्येष्ठ नागरिकहरू भलाकुसारी गर्दा उनीहरूको आयु पनि लामो हुने मन्त्री चौधरीले बताउनुभयो । ज्येष्ठ नागरिकको आयु बढाएर के गर्ने भन्ने कुरा पनि आउने गरेको भन्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अभिभावक भएकाले सबैले सेवाभाव प्रकट गर्नुपर्ने बताउनुभयो । ‘भोली हाम्रो छोराछोरीले पनि ज्येष्ठ नागरिकलाई बचाएर के गर्ने भन्ने अवस्था नआओस् । त्यसका निम्ति हाम्रा हरेक टोलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनुपर्छ । तर यो बजेटले केही दिवा सेवा केन्द्रका निम्ति मात्र बजेट आएको छ । हामीले जुन उद्देश्यले यो कार्यक्रम अगाडि ल्याएका थियौँ त्यसअनुसार बजेट व्यवस्थापन हुन सकेन’, मन्त्री चौधरीले भन्नुभयो ।

हकवाला कोही नभएको, सन्तान नभएकाहरूका निम्ति ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्छ भन्ने अवधारणा ल्याएको भन्दै उहाँले सोचेजस्तो बजेटको व्यवस्था नभए पनि केही केन्द्रहरू यो वर्ष निर्माण हुने बताउनुभयो ।

मन्त्री चौधरीले आफ्ना सन्तानले बुवा आमालाई वृद्धाश्रम तथा सेवा केन्द्रमा छाडेर जाने प्रवृत्ति बढेको भन्दै उक्त कार्यको अन्त्यका निम्ति मन्त्रालयले नियमावली निर्माण गरेर १० प्रतिशत आमाबुवाका निम्ति अनिवार्य खर्च गर्ने व्यवस्था गरिएको बताउनुभयो । ‘अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत कमाई आमा बुवाका लागि खर्च गर्नुपर्छ । उसको कमाई निजी वा सरकारी जुनसुकै क्षेत्रबाट प्राप्त भएपनि अभिभावका निम्ति खर्च गर्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक नियमावली पहिलो संशोधन २०८१ मार्फत यो कुरा लागू हुनेछ । यो पालिकामार्फत लागू हुनेछ । मन्त्रिपरिषद्बाट पारित भएको छ अब छिट्टै यो नियमावली लागू हुनेछ ।’

पछिल्लो समय ब्युटिसियन पेसाले उद्यमको रूपमा विकास हुँदै गएको भन्दै मन्त्री चौधरीले वैदेशिक रोजगारमा जाँदा पनि राम्रो अवसर पाउने अवस्था रहेको बताउनुभयो ।

विवाह, पार्टी, औपचारिक कार्यक्रम लगायत सबैजसो अवसरहरूमा मेकअप व्यवसाय अनिवार्य बन्दै गएको भन्दै उहाँले जसले गर्दा महिलालाई आत्मनिर्भर बनाउन सहयोग मिलेको बताउनुभयो ।

महिला सम्बन्धी अहिलेसम्म जतिपनि ऐन कानून बनेका छन् त्यसका विषयमा जानकारी नभएको भन्दै उहाँले ती कानूनहरूको बारेमा जानकारी दिन सबै पालिकाहरूमा बडापत्र राख्नुपर्ने बताउनुभयो । त्यस्तै कतिपय संस्कारका नाममा हुने कुरीतिजन्य गलत मान्यताहरूको अन्त्य गर्नका निम्ति हामीले अझै धेरै अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

मन्त्री चौधरीले पालिका उपप्रमुखलाई कानूनी भूमिका सँगै बजेट निर्माण गर्ने अधिकार दिएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘संविधान कानूनले पालिकाको उपप्रमुखलाई न्यायिक समितिको प्रमुख हुने अधिकार दिएको छ भने वार्षिक बजेट निर्माण गर्ने जिम्मेवारी दिएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘बजेट निर्माण गर्दा महिलामैत्री बजेट निर्माण गर्न ध्यान दिनुस् । खासगरी उनीहरूको सीप विकास र उद्यमशीलता विकास गर्न काम गर्नुस् ।’

धेरैलाई यसबारेमा जानकारी नै नभएको भन्दै मन्त्री चौधरीले यो कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

नयाँ आर्थिक सर्वेक्षणको रिपोर्टले उद्यमशीलतामा २८ प्रतिशत महिला सहभागिता पुगेको भन्दै उहाँले यसले उद्यमशीलतामा महिला सहभागिता वृद्धि हुँदै गएको देखाएको बताउनुभयो ।

त्यस्तै राजनीतिक सहभागिताका हिसाबले संविधानले ३३ प्रतिशत व्यवस्था गरेकाले सहभागिता वृद्धि भएपनि निर्णायक तहमा भने अझैपनि महिलाहरू पुग्न नसकेको बताउनुभयो । ‘अहिले पनि स्थानीय तहमा झन्डै ४१ प्रतिशत महिला सहभागिता पुगेपनि सोही पालिकाको वडाध्यक्षमा १ प्रतिशत मात्रै महिला सहभागिता छ । संघसंस्थामा पनि निर्णायक तहमा पुग्नका निम्ति ध्यान दिनुपर्‍यो’, मन्त्री चौधरीले भन्नुभयो ।

त्यसैगरी मन्त्रालयले बालबालिकाको संरक्षणको काम गर्दै आएको उहाँले बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली पनि संशोधन गर्ने प्रक्रियामा रहेको बताउनुभयो । मन्त्री चौधरीले विभिन्न समयमा महिलाहरू अहिले पनि हिंसामा पर्ने गरेको भन्दै उहाँले हिंसामुक्त समाज निर्माणका निम्ति कानूनी व्यवस्था पनि कडा बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्रनारायण थनेटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासी पूर्वका प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका मेयर विष्णु भुसाल, संविधानसभाका सदस्य कृष्णप्रसाद आचार्य, राष्ट्रिय युवा परिषद्का सदस्य तिलोत्तम पौडेल, मध्यविन्दु नगरपालिकाका उपमेयर पूर्णकला चौधरी, गैँडाकोट नगरपालिकाका उपमेयर फुलकुमारी थनेट, गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइराला, प्रमुख प्रशिक्षक खगिसरा लामिछानेलगायतले उद्यमशीलताको महिलाको आर्थिक अवस्था माथि उठाउने भएकाले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved