डिकेन्द्र बस्नेत, झापा । दमक अस्पतालले हाईड्रोसिल भएका बिरामीहरुको निशुल्क सल्यक्रिया गर्ने भएको छ । कोशी प्रदेश सरकार र दमक नगरपालीकाको सहकार्यमा आज बाट सुरु भएको निशुल्क सल्यक्रियामा सम्पुर्ण उपचार निशुल्क गरिने अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अस्पतालका सुचना अधिकारी तथा प्रशासन प्रमुख डा. अनुपम घिमिरेले आगामी असार २५ गतेसम्म एक महिना निशुल्क सल्यक्रिया सेवा सञ्चानल गरिने जानकारी दिनुभयो । आगामी एक महिनासम्म हप्तालको ६ दिन निशुल्क सल्यक्रिया र आवश्यक औषधि समेत उपलब्ध गराईने बताउनु भयो । एकजना बिरामीको अप्रेसन गरेको मात्रै १० हजार रुपैयाँ सम्म खर्च लाग्ने र अन्य औषधिहरुको समेत गर्दा धेरै रकम खर्च हुने भए पनि शिबिरमा भने निशुल्क अप्रेसन सहित औषधि समेत उपलब्ध गराईने उहाँले बताउनु भयो । कुनै पनि रोगका कारण अण्डकोश सुन्निएका पुरुष बिरामीहरुलाई पुरै बेहोस नबनाईकन अप्रेसन गरिने अस्पतालका प्रशासन प्रमुख डा. घिमिरेले बताउनु भयो ।
दमक अस्पतालमा दैनिक यस प्रकारका बिरामीहरु आउने गरेका कारण यसको शिबिरनै सञ्चालन गर्नु परेको अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. कृष्ण शाहले बताउनु भयो । हात्तिपाईले रोग, हर्नियाँ बिग्रिएर, क्यान्सर भएर अथवा अन्य संक्रमणबाट पनि पुरुहरुमा हाईड्रोशिल हुने गरेको डा. शाहले जानकारी दिनुभयो ।
नगरबासीका हरेक किसिमा स्वास्थ्य उपचार सहज ढंगले उपलब्ध गराउने गरी यो कार्यक्रमको आयोजना गरिएको दमक नगर उपप्रमुख रेगिना भट्टराईले बताउनु भएको छ । नगरपालीकाले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी बनि लाभ लिन उहाँले सबै बिरामीहरुलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय धेरै रोगहरुका विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्दै आएको दमक अस्पतालमा बिरामीहरुको चाप दैनिक रुपमा बढ्दै गएको छ । अस्पतालको सेवालाई सुधार गर्दै नगरबासीका हरेक किसिमका स्वास्थ्यमा सुलभ र बिस्वासिलो उपचारमा दमक अस्पतालको बिस्वसनियता बढ्दै गएको छ ।
