नवलपुर । महेन्द्र राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ ।
प्रहरी चौकी दुम्कीबासका अनुसार दाउन्ने बजारदेखि २ सय मिटर पूर्वतर्फ निर्माणाधीन पुलमा भत्किएको सडक पुरेर एकतर्फी मात्र यातायात सुरु गरिएको हो ।
दाउन्ने बजारनजिकको पुलमा मालवाहक ट्रक फसेर ८ घण्टादेखि यातायात अवरुद्ध भएको थियो । राजमार्ग फराकिलो पार्न भत्काइएको सडक नबनाइएका कारण हिउँदमा दाउन्नेमा ३ फिटसम्म धूलैधूलो हुन्छ । वर्षा हुनासाथ हिलाम्मे भएका कारण आउजाउमा अवरोध हुने गरेको छ ।
