आकाश मगर,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ कालिखोला सिरुटारमा हायस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
आज सोमबार काठमाडौंबाट ईटहरीतर्फ आउँदै गरेको बा ५ ख ६२१३ नम्बरको साे हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिएका छन् ।
काठमाडौंबाट १६ जना यात्रु लिएर आउँदै गरेको हायसको यान्त्रिक समस्याका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र गम्भीर घाइते सुनसरी जिल्ला रामधुनी नगरपालिका ४ लालपुर बस्ने ७० वर्षीया राधा कार्की र सोही नगरपालिका २ बस्ने होमनाथ ओझालाई विपी प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।
