Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पम्फा भुसाल युएईमा, नेपाली जनप्रगतिशिल् मञ्च युएईले गर्यो स्वागत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2024
609

कृष्ण कुँवर, अबुधाबी। माओबादी केन्द्रकी महिला उपाध्यक्ष, एशिया प्रदेश इंचार्ज, पुर्बमन्त्री पम्फा भुसाल ओमानबाट ६ घण्टा गाडिमा यात्रागरी आइतबार युएई आईपुगेकी छीन्।

भुसाल सँगै आएका माओबादी केन्द्रका केन्द्रिय सदस्य, एशिया प्रदेशका सहइंचार्ज ओम शर्मा, लगायत कतारबाट आएका एशिया प्रदेश समिति सहसंयोजक शनिकुमार ओली, पश्चिम एशिया क्षेत्रिय समितिका संयोजक होमनाथ शर्मा लाई जनप्रगतिशिल् मञ्च युएईले अबुधाबीमा स्वागत गरेको थियो।

अबुधाबीको इंस्टा रेस्टुरेंट एंड क्याफेमा स्वागत् तथा भेटघाटको क्रममा प्रमुख अतिथि पम्फा भुषालले आफुलाई पुराना संघर्षका दिनहरुको याद आएको बताएकी थिईन्।
भुसालले भनिन्- हामीले न्याय, समानता र स्वतन्त्रता को निम्ति आन्दोलन् गर्दैआएका थियौं। बर्ग संघर्षको उच्चरूप जनयुद्दमा सहभागी भयौं,यही समुहलाई यहाँ देख्न पाउँदा खुशी लाग्यो।
१०औं हजारको शहादत हुँदा संयोगले बाँच्यौं, कुनै न कुनै किसिमले हाम्रो सम्बन्ध छ। प्रचण्डको नेतृत्वको आन्दोलनले ल्याएको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, पिछडिएका, बिभेद र उपेक्षा गरिएका बर्गहरूको प्रतिनिधित्व संबिधानमा उल्लेख गर्यौं, कार्यन्वयनको चरणमा छ। हाम्रो बलले नै जनयुद्दको माध्यमबाट संसारले देख्नेगरि युग परिवर्तन गरेको हो। सु-शासनको लागि पाँचबर्ष शासन गर्नपाउने शासन प्रणाली, प्रत्येक्ष निर्बाचित राष्ट्रपति, पूर्ण समानुपातिक् निर्वाचन प्रणाली ल्याउन चाहेका छौं।
हामीले हिंजोको आन्दोलन् भनेर मात्रै आराम गर्ने समय छैन।

आजको आबश्यकता र यो पुस्तालाई संबोधन गर्नैपर्छ। नेपालका कम्युनिष्ट एकजुट हुनुपर्ने आवश्यकता महसुस गरेका छौं, पार्टीमा अंतर्बिरोध् भएपनी मिल्ने मूल उधेश्यमा एकरूपता हुनुपर्छ। पार्टीको निम्ति मात्र होईन सबै नेपालिहरुको हितमा काम गर्नुपर्छ । पार्टी राजनीतिको केन्द्रमा रहेको छ सबै माओबादी जागरूक भै पार्टीलाई चलायमान बनाएर जनताको सेवा गरौं।

आर्थिक बिकाश लगायत केहि कुराहरु पूरागर्न संघर्ष गरिनैरहेका छौं। आर्थिक उन्नतिको निम्ति हालै लगानी सम्मेलन् गर्यौं, भनेजस्तो नभयपनी आठ-दश अर्ब लगानी गर्नेभएका छन्।
बिदेशमा हुनेहरुलाई लक्षित् गरि भुसालले भनिन्- तपाईंहरुले कमाउनुहोस् तर आफ्नो ज्ञान, शीप चेतनालाई प्रयोग गरि पेशा नेपालमा नै गर्नुहोस् किनकी नेपालको भबिष्य उज्वल छ। संगठित हुँदा बिदेशमा बचत गर्न र परिवारलाई खेतबारी बाँझो नराख्न, या कुनै न कुनै उत्पादनको काम गर्न उत्साह दिउँ। तपाईंको आर्थिक उन्नतिको निम्ति पी.पी.ए. मा लगानी गर्न आग्रह गर्छौ, ऊर्जामा लगानी गर्दा तपाईंको लगानी खेर जानेछैन। तपाईंहरुको शुरक्षाको लागिनै भबिष्यमा पेंशन हुने सामाजिक शुरक्षा कोषको स्थापना गरेकाछौं।

भेटघाट कार्यक्रममा माओबादी केन्द्रका एशिया प्रदेश सहइंचार्ज- ओम शर्माले- पंचायतकाल देखी संघर्ष गर्दै जनयुद्दबाट दुःख भोगेर आन्दोलनको बाढि ल्यायौं। बाढीले फाँट बनायो तर फाँटमा घरहरु अरूले नै बनाएका छन्। ब्यबस्था परिबर्तन, शोषणको अंत्यको चेतनाको दियो बाल्ने माओबादी हो तर यो पुस्तालाई माओबादिले गरेको त्याग, तपस्या बलिदान बुझाउन नसकेको बताए।
शर्माले भनें- जग बलियो छ घर बनाउँ,ताजा भएर, खराबिलाई सच्याएर एकजुट भै काम गरौं।

अबुधाबी प्रमुख, अष्मी तामाङले युएईका नेपाली हरूका समस्या र घाइते लडाकुका समस्याबारे सरकारले उपेक्षा नगर्न आग्रह गरिन।
शनिकुमार ओलीले सकारात्मक भएर बहस चलाऊनुपर्ने, निरुत्साहित भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रमको संचालन पूर्ब लडाकु, जनप्रगतिशिल् मञ्च युएई अबुधाबी क्षेत्र प्रमुख अष्मी तामांङको अद्यक्षतामा साजन श्रेस्ठले गरेका थिए। उपस्थितको परिचय पछि ज्ञात- अज्ञात सहिदहरु प्रति १ मिनट मौनधारण पश्चात जनप्रगतिशिल् मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, एशिया प्रदेश संगठन समितिका सह संयोजक हरि नेपाली, एशिया प्रदेश संगठन समितिका कोषाध्यक्ष-युएई सल्लाहकार बाबूराम विश्कर्मा, सल्लाहकार-सम्भु वाइवा, महासचिब सुनिल खड्का, ब्यवशायी फडीन्द्र ढकाल, चलचित्र निकट रमेश ढकालले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved