कॄष्ण कुँवर,अबुधाबी। जनप्रगतिशिल् मञ्च युएईका अध्यक्ष लक्ष्मण खनालले आफ्नो मुटुमा गणतन्त्र भएको, गणतन्त्र भन्दा बित्तिकै आफुलाई गर्ब लाग्ने बताए।
१७ औं गणतन्त्र दिवसका अबशरमा नेपाली दूतावास युएईले मंगलवार गरेको कार्यक्रममा बोल्दै खनालले भनें- म १५ बर्षको हुँदा एस. एल. सी को परिक्षा दिन सदरमुकाम गएको थिएँ। आफ्नो पार्टी माओबादिले अनिश्चितकालिन् बन्द गरेको थियो भनें रातमा कर्फ्यू जारी गरिएको थियो। त्यो समयमा रातभरी भित्तोमा गणतन्त्र र संबिधान सभाको बारेमा लेख्थें,सैनिक गस्ती आएको थाहा पाए ढलमुनि लुक्थें। उनीहरु गएपछि फेरि लेख्थें। भोलिपल्ट एसएलसी को परिक्षा दिएको थिएँ।
खनालले दाबी गर्दै भनें- गणतन्त्र आउनुमा मेरोपनी योगदान छ। त्यसैले मेरो मुटुमा गणतन्त्र छ।
गणतन्त्र प्राप्तिको लागि लामो इतिहास छ। कती सहिद, कती बेपत्ता, घाइते, कोही अझैपनी शरिरमा छर्रा बोकेर जिउँदा सहिद हिंडिरहेका छन्।
गणतन्त्र त आयो अझै अबस्था बदलिएको छैन, यो केहि मात्रामा सत्य हो तर गणतन्त्र सिंहदरबारमा आएको छैन भन्ने कुरा गलत हो, गणतन्त्र सीतल निवासमा पनि आएको छ, हामीले पहिलो राष्ट्रपति नै मधेशी मुलबाट बनाउन सकेका थियौं। हाम्रा उपलब्धि धेरै छन्। हामिले जन्जन् मा गणतन्त्र पुग्नपर्छ भनेरै संघर्ष र युध्दमा उत्रिएका थियौं। २४० बर्ष पुरानो राजतंत्रले थिलो-थिलो पारेको देश १७ बर्षमानै कायापलट् हुँदैन। गाली गरेर होईन शिशु गणतन्त्रणलाई मलजल् गरेर- सुदूरपश्चिम, मधेश, जनजाति, दलित सबैको बस्तिमा पुर्याउँ। समाज अगुवाई गर्नेले जनचेतना दिउँ।
खनालले भनें- हामीले यहाँ गणतन्त्रको खुशियाली मनाउँदै गर्दा कुटिल चाल चाल्नेहरुले ठाउँ-ठाउँमा हस्तक्षेप गर्ने ,मास्ने षड्यंत्र गरेका छन् तर गणतन्त्र बचाऊनको लागि पुनः लड्न पनि तयार हुनुपर्छ।
अन्त्यमा श्रमिक मैत्री गणतन्त्र हुनुपर्ने जोड दिंदै खनालले भनें- नकरात्मक कुरा गरेर गणतन्त्रलाई प्रहार नगरौं।गणतन्त्रका सकारात्मक पाटो धेरै छन् उजागर गरौं।
सोहि कार्यक्रममा बोल्दै पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाले भनें- गणतन्त्र हाम्रो पुस्ताले ल्याएका हौं। यसलाई फलाउने फुलाउने जिम्मेवारी हाम्रो हो।यो बिभिन्न संघर्षबाट आएको उन्नत तन्त्र हो २४० बर्षे राजतन्त्रले गरेका फोहरहरु सोर्ने क्रममा अझै कयौं काम बाँकी छन्। आलोचना त छन् सुधार्ने जिम्मेवार तपाईं र हाम्रोपनी हो। यद्दपि यसलाई प्रयोग गर्ने, ब्याख्या गर्ने, कार्यन्वयन् गर्ने क्रममा केहि त्रुटि छन्। समयक्रम सँगै लामो समयको अभ्यासपछि यूरोप, अमेरिकामा उन्नत लोकतंत्र भएको छ। हाम्रोपनि कमजोरी सुधार गर्दै उन्नत बनाउनुपर्छ।
सापकोटाले भनें- ब्यबस्था फेरियो अबस्था फेरिएन भन्ने कुरामा जिम्मेवार हामीपनी छौं हामीपनी आफ्नो तर्फबाट प्रयत्न गरौं। श्रमिकहरुलेपनी गणतन्त्रको उपभोग गर्न पाउनपर्छ।
सोहि कार्यक्रममा आदिबासी जनजाति संघका अध्यक्ष – बिक्रम लिम्बुले गणतन्त्रका उपलब्धि धेरै छन् यद्दपि देशमा अझैपनि समस्या छन्, धेरै कुराहरुको संबोधन हुन सकेको छैन आन्दोलनहरु निरन्तर भैरहेको छ भाषिक,धार्मिक, भौगोलिक रुपमा सबैका अधिकारहरु राज्यले समेट्न सके देश सुन्दर बन्छ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले देशको पछिल्लो घटना क्रम बारे बोलेका थिए।
ब्यापार परिषद बाट एकेन्द्र थापाले सबैको योगदान बाट गणतन्त्र आएको र यसलाई संरक्षण गरिनुपर्ने बताए।
प्रवास नेपाली सम्पर्क विभाग युएई प्रमुख सुजन थापाले सरकारी निकायहरु श्रमिक मैत्री बन्नुपर्ने, सबैलाई समान ब्यबहार गरिनुपर्ने भन्दै आगामी बर्षमा ठुलो हलमा धेरै श्रमिक हरूको बीचमा गणतन्त्र दिवस मनाउन पाईयोस्, आफ्नो संगठनले आम श्रमिकको साथी बनेर काम गर्न दूतावाससँग हातेमालो गर्न तयार रहेको बताए ।
गणतन्त्र श्रमिक मैत्री हुनुपर्ने, नेपाली समाजका महासचिब, केदार कुँवर, एनआरएनए का अध्यक्ष बिकाश शाही, महिला उपाध्यक्ष सोनम श्रेस्ठ, मधेशी एकता समाजका धर्मेंद्र यादब लगायत अधिकांश बक्ता हरूको जोड थियो।
गणतन्त्र दिवस कार्यक्रममा दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले स्वागत, उपनीयोग प्रमुख विशाल भट्टराईले सञ्चालन, राजदूत तेजबहादुर क्षेत्रीले संबोधन गरेका थिए ।
