कृष्ण कुँवर, अबुधाबी। नेपाली दूतावास अबुधाबीले १७ औं गणतन्त्र दिवस भब्यताका साथ मनाएको छ।
नेपाली दुतावासको सभाहलमा एन.आर.एन.ए. नेपाली समाज, जनप्रगतिशिल् मञ्च, प्रवास नेपाली सम्पर्क विभाग, युएई एकता समाज, पत्रकार महासंघ युएई, आदिवाशी जनजाती मञ्च, बैंकर्स, डक्टर्स, ब्यवशायी, बुद्दिजीबी, लगायत नेपाली अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
उपनियोग प्रमुख विशाल भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाल र युएईको राष्ट्रिय गीत बजाई सकेपछि गणतन्त्रको निम्ति बलिदान दिने सहिदहरूको सम्झनामा एकमिनट मौन् धारण गरिएको थियो । गणतन्त्रको शुरुवात दीनको भिडियो दृश्य पनि देखाईएको थियो।
श्रम काउंसिलर् दीनबन्धु सुबेदिले स्वागत् मन्तब्य राख्दै सबैलाई स्वागत्, शुभकामना र बधाई दिएका थिए। उपस्थित सबैको परिचयपछि बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए।
राजदूत तेज बहादुर क्षेत्रीले युएईमा रहेका सबै नेपाली दाजुभाई दिदिबैनी हरुलाई ब्यक्तिगत र दुतावासको तर्फबाट गणतन्त्र दिवसमा सु-स्वास्थ र सम्बृद्विको कामना गर्दै बधाई र शुभकामना दिएका थिए।
राजदूत क्षेत्रीले भनें- गणतन्त्र एउटा ब्यवस्था हो, यस्ले केहिदिने होईन तर यसलाई तपाईं हामीले कसरी प्रयोग गर्ने भन्नेकुरा हो। हामी सबै मिलेर आपसमा सद्भाव राखेर आफ्नो तर्फवाट योगदान दिनेहो। हामी सबैलाई र देशलाई चाहिएको आर्थिक सम्बृद्वि, सामाजिक् बिकाश हो। गणतन्त्रणमा धेरै अशल र अधिकारका कुराहरु छन्। आर्थिक् सम्बृद्विमा सोचेअनुसार दौडन सकिरहेका त छैनौ तर केहिपनि नभएको चाहिं पक्कै होईन।
देशको पहिलेको हालत अहिलेको भन्दा ठीक् पक्कैपनि थिएन। म आफैपनी स्कूल पढ्दा दूई घण्टा हिड्न पर्थियो, अहिले त्यो अवस्था छैन। गुल्मीबाट काठमाण्डौ आउँदा बुटवल सम्म हिंडेर आउंथें। अहिले गाउँ-गाउँमा मोटर बाटो पुगेको छन्। यी कुरा गर्दा मेरा छोराछोरिले नै पत्याउँदैनन्।
देशमा बिकाश नै नभएको होईन, जनताको आकांक्षा अनुरूप रफ्तारमा कामगर्न सकिएनहोला त्यो कमजोरी त स्विकार गर्नैपर्छ तर तपाईंहरुले पनि आफ्ना अधिकार राज्यसङ्ग खोज्न जरूरी छ।
देशले बिभिन्न काल खण्डमा परिबर्तनको लागि संघर्ष गरेको बताउँदै राजदूत क्षेत्रीले भनें- गणतन्त्र हाम्रो लागि नयाँ थियो तर सिक्दै प्रयोगमा ल्याउँदैछौं। जनताको आकांक्षा तीब्र छ, नेतृत्वले, तपाईं र हामीले हातेमालो गरेर पूरागर्नुपर्छ । हामीले संजालमा लेखेर,सरकारलाई गाली गरेर भन्दापनि सम्बन्धित् ठाउँमा लिखित् सुझाब् दिनसके सुधार् हुन्छ र देश अघि बढ्छ।
युएईमा २००४ मा नेपाली दुतावासको स्थापना हुँदा लगभग पैसठ्ठी हजार श्रमिक् रहेको रेकर्ड छ। त्यतिबेला जती कर्मचारी थिय अहिले पनि त्यतिनै छौं। अहिले ६लाख नेपाली भैसके तर हामीले सकेको गरिरहेकाछौं। दीनको पचास-साठी समस्या आउँछन्, हाम्रो क्षमता भन्दा बढी समस्या छ, हामीले चाहेजती गर्न सकेका छैनौं त्यसैले हामीलाई तपाईंको सहयोगको आबश्यक् छ। तपाईंहरुले सहयोग त गरिरहनु भएको छ आगामी दिनमा पनि एकअर्का सङ्ग सहकार्य गर्दै समस्या समाधान् गर्दैजानेछौं।
कतिकुरा हामीलाई थाहा हुँदैन। तपाईंहरु मार्फत् थाहा पाउँछौं हामीलाई जानकारी गराउनुहोला। हामी समस्या सङ्ग भागेर हुन्न, मिलेर समस्याको समाधान् गरौं।
बैशाखमा मात्र झंडै ३२ जनाले ज्यान् गुमाए। तिनिहरुको सब् नेपाल पठायौं। भीजिटमा आएका हरूको सब् पठाउन पैसा हुँदैन, हामीले तपाईंहरु सङ्गनै सहयोग माग्नेहो। तपाईंहरुले समुदायको लागि ठुलो भूमिका खेल्नुभएको छ। तपाईंहरु जती सफल हुनुहुन्छ त्यति नै दूतावास र देशलाई फाईदा हुन्छ।
पासपोर्टका अनि धेरै समस्याहरु पनि छन्। हामीले, प्रधानमन्त्रिलाई दुबईमा बणिज्य दुतावासको निम्ति भनिरहेका छौं, माग छिट्टो पूराहुने अपेक्षा लिएका छौं।
कार्यक्रमको अन्त्यमा राजदूत क्षेत्रीले- सबै नेपालीहरुलाई युएईको नियम र कानुनमा रहन आग्रह गरे। सामाजिक संजाललाई दुरुपयोग गर्दा, लागुपदार्थ, मादकपदार्थ प्रयोग गर्दा धेरैले दुःख पाएको र यसबारे जनचेतना दिनपनि सबैलाई आग्रह गरे।
एकसयको सङ्ख्यामा उपस्थित सबैले गणतन्त्र दिवसको खुशियालीमा शुभकामना आदानप्रदान गरिरहेका थिए, कसैले तस्बिर खिचाईरहेका देखिन्थे भनें प्रेम भोजपछि कार्यक्रमको समापन् भएको थियो।
