कृष्ण कुँवर, अबुधाबी । संयुक्त अरब एमिरेट्स् (युएई) का लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले नेपाल सरकारले ब्यवसायीहरुको उन्नति,प्रगति भएको चाहने बताए।
अबुधाबी शहरमा खुलेको बेस्ट बर्गर टाउन रेस्टूरेंट उद्घाटनका क्रममा क्षेत्रीले भनें- स्वस्थ प्रतिस्पर्धा गर्दै एकले अर्का ब्यबसायीलाई सघाउनुहोस्। तपाईंहरुले ब्यवसाय गर्दा नेपाली हरुले नै रोजगार पाउँछन्, नेपाल सरकारलाई नै फाईदा हुन्छ। हामी धेरै ब्यस्त हुन्छौं रपनी तपाईंहरुलाई उत्साह होस् भनी यहाँ आएका छौं।
ब्यवसाय गर्ने भनेको कमाउनकै निम्ति हो तर धेरै फाईदा खाने उधेश्यले ब्यबसाय नगर्नुहोस्। तपाईं हरुले घाटा खाएर पनि ब्यवशाय नगर्नुहोस्, तपाईंहरु अर्बपति भएको हामी चाहंछौ। फाईदा भएको रुपियाँलाई समाजसेवामा लगाउन पनि सक्नुहुनेछ। तपाईंको ब्यवसाय उदाहरणिय होस्।
रेस्टुरेंटका संचालक रामेछाप सुनारपानीका केशब कार्कीले भनें- आफु दश बर्ष पहिले सुरक्षा पेशामा हुँदा बिरामी अबस्थामा पनि आफु रहेको ठाउँमा नेपाली खाना खान पाईएन। आफुले यो पेशा रोजेको कारण पनि यही हो की, नेपाली हरुलाई सस्तो र राम्रो नेपाली खाना अबुधाबी भरीनै खुवाऊन सकुं।
कार्की रियल स्टेट, हार्डवेयर, रेस्टुटेंट र सरसफाई कम्पनी संचालन गर्छन् भनें समाज सेवाको काम पनि गरिरहेका छन्। अहिले पनि समस्यामा परिरहेकाहरुलाई गास बासको ब्यबस्था गर्दै आएका छन्।
कार्यक्रममा राजदूत क्षेत्री, दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी भुपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, एनआरएन यूएईका उपाध्यक्ष फडिन्द्र ढकाल, केहि अरबीक् घरनाका परिवार लगायत उलेख्य नेपाली हरुको पनि सहभागिता थियो।
