डिकेन्द्र बस्नेत, झापा । झापा दमक ८ निवासी तथा समाजसेवी बेनुराज प्रसाईले आकस्मिक उपचारका लागि अस्पताल पुर्याउन आफ्नो सवारी निःशुल्क रुपमा उपलब्ध गराउने भएका छन ।
बुद्ध जयन्तीको अवसरमा प्रसाईले नि:शुल्क सवारी उपलब्ध गराउने निर्णय गरेका छन। उनले विगत दुई महिनाभित्र करिब छ जना बिमारीलाई सेवा पुर्याइसकेको बताएका छन। प्रसाईं जीवन चक्र समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा विभिन्न मिडियामा समेत काम गरिसेका एक संचारकर्मि समेत हुन । उनको आफ्नै सवारी मार्फत सो सेवा उपलब्ध गराउन लागेका हुन जो आफै चलाउदै पनि आएका छन।
उनले दमक वडा नम्बर ८ मा बसोबास गर्ने दमकभित्र रहेका स्थानीय अस्पतालहरुमा आकस्मिक उपचारका लागि आफ्नो सवारी निःशुल्क सेवा उपलब्ध गराउने भएका छन । जुनसुकै समुदाय , जात, धर्मालम्बिहरु, धनि तथा गरिब सम्पूर्णलाई उक्त सेवा दिने जानकारी गराएका छन ।
उनका अनुसार एकतर्फी अस्पतालसम्म पुर्याउन सहयोग गर्ने उनको भनाइ छ । पैसा नै हाम्रो लागि सबै होइन , कतिजना आकस्मिक समयमा उपचारका लागि अस्पताल जानुपर्ने हुनसक्छ तर त्यतिबेला पैसा साथमा नहुन सक्छ साथै भनेको बेला गाडी नपाउने खण्डमा यसरी उहाँहरूलाई आफ्नो सवारीमार्फत सहि समयमा अस्पताल पुर्याउन पाउनु भनेको दमक ८ वडा बासिन्दाहरुको लागि सेवा सरह रहेको बताउँछन् ।
