डिकेन्द्र बस्नेत, झापा । अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल’ मा भाग लिन गएका नेपालका प्रवीण पाठक आज नेपाल फर्किदै छन।
इन्डोनेसियाको बालिमा १५ मे देखि शुरु भएको इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै पाठकले क्लासि मोडल युनिभर्सको टाइटल जितेका हुन । यस्का साथै उनले अन्य २ विधामा समेत जितेका थिए । पाठक सर्वाधिक भोटको आधारमा मस्ट पपुलर अवार्ड र सेमि फॉर्मल पहिरनमा उत्कृष्ट भएका हुन।
झापाको दमक ५ निवासी पाठक विगत केही वर्षदेखि मोडलिङको क्षेत्रमा काम गर्दै आएका पुर्वका एक सफल मोडल हुुन । केही समय इन्डोनेसियाको बसाँइमा उनले Buddha was born in Nepal को अभियानमा समेत लागेका थिए यो सँगै उनले त्यहाँको केही ठाँउहरुमा अवलोकन गर्ने र त्यहाँको बारे जान्ने अवसर मिलेको बताउँछन् ।
पाठक आज मलेसिया हुँदै नेपाल आउने भएका छन । पाठकका अनुसार नेपालमा आएर मोडलिङ क्षेत्रमा अझै सशक्तरुपमा काम गर्ने बताएका छन। उनले भने नेपाली प्रतिभाहरु अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मेरो पहल हुनेछ यसका साथै आफैंले सञ्चालन गरेको मिस आट्रस्टिलाई पनिर रास्ट्रिय स्तर हुदै अन्तर्राष्ट्रिय लेभलमा पुर्याउन प्रयास गर्नेछु ।
