कृष्ण कुवँर, अबुधाबी। नेपाली दूतावास अबुधाबीले नेपाल र यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार दूतावासमा अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा यूएईमा लामो सयमदेखि व्यापार, व्यवसाय, लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहेका करिब पचासजना नेपाली व्यवसायिहरु उपस्थित् थिए। कार्यक्रममा दूतावासका नियोग उपप्रमुख विशाल भट्टराईले नेपाल र यूएई बीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्धन सम्बन्धी विस्तृत जानकारी दिएका थिए।
व्यवसायीहरुले नेपालको व्यापार, लगानी र पर्यटनको क्षेत्रमा रहेका चुनौति र समाधानका उपायहरुवारे आ-आफ्ना विचार तथा सुझावहरु राखेका थिए।
राजदूत तेजबहादुर क्षेत्रीले नेपाल सरकारले हालैका दिनहरुमा अबलम्बन गरेका नीति र कार्यक्रमहरुबारे जानकारी दींदै नेपालको व्यापार, लगानी र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले सवै नेपाली व्यावसायीहरुलाई आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सहयोग गर्न अनुरोध गरे। कार्यक्रमको सञ्चालन दूतावासका श्रम सल्लाहकार दिनबन्धु सुवेदीले गरेका थिए।
