काठमाडौ । नेवाः इसाई सहित्य केन्द्रले नेपाल (नेवाः) भाषाको बाइबल सार्वजनिक गरेको छ ।
आइतबार क्वाइनोनिया पाटन चर्चमा ईक कार्यक्रम आयाेजना गर्दै नेवाः साहित्य केन्द्रका अध्यक्ष रेभ.डा.मंगलमान महर्जन लगायतकाहरुले सामूहिकरुपमा नेपाल भाषाको बाइबल विमोचन गरि सार्वजनिक गरेका थिए।
विश्वभरमा बाइबल सवैभन्दा वढि भाषामा उल्था भएको छ । विमोचन समारोहमा कार्यक्रमका प्रमुख अतिथिले नेपाल भाषाको बाइबल सार्वजनिक भएसँगै अब विश्वभरका ७५० भाषामा बाइबल छापिएको दावी गरेका छन्।
